कार्तिक २, काठमाडौँ | त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको हङ्कङविरुद्धको खेलमा बिहीबार जितका लागि ९५ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटका रुपमा सन्दीप जोरा पेभेलियन फर्किएका हुन् ।
उनलाई तीन रनको ब्यक्तिगत स्कोरमा हङ्कङका बलर एहसान खानले बोल्ड गरे । एहसान खानले लिएको यो तेस्रो विकेट हो । सन्दीप जोरा आउट हुँदा नेपालले ७.३ ओभरमा ४७ रन बनाएको छ ।
पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेल आउट भएका हुन् । उनी आठ रन बनाउँदै हङ्कङका एहसान खानको बलमा बोल्ड भए । उनले आठ बलको सामना गरी एक चौका पनि हिर्काए ।
त्यस्तै, दोस्रो विकेटका रुपमा कुशल मल्ल आउट भएका हुन् । उनी एक रन बनाउँदै पेभेलियन फर्किए । उनलाई हङ्कङका बलर एहसान खानले बोल्ड गरेका हुन् ।