त्रिकोणात्मक टी-२० शृंखला: नेपालसँग हङकङ ६ विकेटले पराजित

Posted on: 19 Oct, 2023

कार्तिक २, काठमाडौँ | त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा घरेलु टोली नेपालले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्‍यो ।

टस जितेर बलिङ रोजेको नेपालले हङकङलाई केबल ९४ रनमा सीमित गरेको थियो । नेपालले १३.५ ओभरमा लक्ष्य पूरा गर्‍यो । नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन बनाए ।

यसअघि बुधबार खेलिएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स ९यूएई० लाई सात विकेटले हराएको थियो । निकट भविष्यमा हुने टी—२० विश्वकप छनोट प्रतियोगिताको तयारीका क्रममा त्रिकोणात्मक शृंखला खेल्न लागिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!