कात्तिक ६, काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा एक खेल अगावै फाइनल प्रवेश गरिसकेको नेपालले आज यूएईसँग खेल्दैछ । मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।
हङकङ समेत सम्मिलित सिरिजमा नेपाल लगातार तीन खेल जित्दै एक खेल अगावै फाइनल प्रवेश गरिसकेको छ । नेपालले यसअघि युएईलाई पहिलो खेलमा ७ विकेटले हराएको थियो ।
युएईलाई पनि नेपाललाई हराउँदै फाइनल पुग्ने अवसर छ । यसअघि नेपालसँग पराजित भएको युएईले आइतबार हङकङलाई पराजित गरेको थियो ।
नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ । यूएई २ खेलबाट २ अंकसहित दोस्रो स्थानमा छ । लगातार तीन खेल हारेको हङकङ अंक विहीन हुँदै पुछारमा छ ।