५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एसीसी यू-१९ प्रिमियर कप क्रिकेट फाइनल: नेपालले दियो युएईलाई २८१ रनको लक्ष्य

७ कार्तिक २०८०, मंगलवार ०४:३३

कात्तिक ७, काठमाडौँ । यू–१९ प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईलाई २८१ रनको लक्ष्य दिएको छ ।

मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले कप्तान देव खनालको शतककोमद्दतमा निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर २८० रन बनाउन सफल भयो ।


सुरुवातको १४ रन जोड्दा २ विकेट गुमाईसकेको नेपालका लागि देव खनालले कप्तानी पारी खेल्दै तेस्रो विकेटका लागि अर्जुन कुमालसँग १२५ रनको साझेदारी गरे । २६ औं ओभरको पाँचौं बलमा कुमाल ५५ रनमा आउट भए । खेलमा सतक प्रहार गरेका  खनालले ९० बलमा १०० रन पुरा गरे तर थप दुई बल फेस गरेर आउट हुन पुगे ।

जारी प्रतियोगितामा खनालको यो दोस्रो शतक हो । यसअघि उनले समूहगत चरणको इरानविरुद्धको खेलमा पनि एक सय रन बनाएका थिए । त्यो खेलमा उनले केवल ६० बलको सामना गरी चार छक्का र १२ चौका हिर्काएका थिए । 

जारी प्रतियोगितामा देव खनालनै सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान पनि हुन् । उनले जारी प्रतियोगितामा कुल दुई सय ३२ रन बनाएका छन् । यसैगरी जारी प्रतियोगितामा सबैभन्दा छिटो शतक प्रहार गर्ने कीर्तिमान पनि देव खनालले नै बनाएका छन् । उनले इरानविरुद्ध केवल ५९ बलमा शतक पुरा गरेका थिए । 

यूएईविरुद्धको फाइनल खेलमा नेपाली टोलीका ओपनर ब्याट्सम्यान अर्जुन कुमालले अर्धशतक बनाए । उनले टोलीको खातामा ५५ रन थपे । उनले ७८ बलको सामना गरी चार चौका पनि प्रहार गरेका थिए । 

अर्जुनले साउदी अरेबियाविरुद्धको खेलमा पनि एक सय ४३ रन बनाएका थिए । जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा अर्जुन दोस्रो स्थानमा छन् । उनले जारी प्रतियोगितामा कुल दुई सय ३० रन बनाएका छन् । 

अर्का ओपनर दीपक बोहरा भने पाँच रन बनाउँदै पेभेलियन फर्किए । तेस्रो नम्बरका ब्याट्सम्यान आकाश त्रिपाठी शून्य रनमै आउट भए । 

नेपालका लागि दीपक प्रसाद डुम्रेले पनि अविजित २८ रनको योगदान गरे । उनले ३० बलमा एक छक्का र दुई चौका प्रहार गरे । विशालबिक्रम केसी तीनमा आउट भए । हेमन्त धामीले सात र दीपेश कँडेलले अविजित १० रन बनाए । आकाश चन्दले अविजित एक रन बनाए । नेपालले अतिरिक्त रूपमा १४ रन पाएको थियो । 

यूएईका बलर हरित सेठ्ठीले पाँच र आयान अफजल खानले दुई विकेट लिए । अमर बदामीले पनि एक विकेट हात पारे । यसअघि सोमबार तेस्रो स्थानका लागि खेलिएको खेलमा जापानले सिंगापुरलाई हराएको थियो । 

यसअघि प्रतियोगिताको सेमिफाइनलमा नेपालले जापानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा एक सय ४४ रनले हराएको थियो । 

त्यसअघि समूहगत चरणमा पनि नेपालले तीनवटै खेल जितेको थियो । नेपालले आफ्नो पहिलो खेलमा इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको थियो । दोस्रो खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गरेको थियो । नेपालले तेस्रो खेलमा साउदी अरेबियालाई तीन सय दुई रनले हराएको थियो । 

प्रतियोगितामा १६ वटा राष्ट्र सहभागी छन् । यो प्रतियोगिताबाट तीनवटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यू—१९ एसिया कपमा छनोट हुनेछन् । छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली एसीसी यू—१९ एसिया कपको समूह ‘ए’ मा पर्नेछन् । 

त्यो प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तान छन् । छनोट प्रतियोगितामा तेस्रो हुने टोली भने एसीसी यू—१९ एसिया कपको समूह ‘बी’ मा पर्नेछ । पाकिस्तानमा आयोजना हुने प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलङ्का र अफगानिस्तान रहेका छन् ।






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता