५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

त्रिकोणात्मक सिरिजको उपाधि युएईले जित्यो: नेपाल ४ विकेटले पराजित

१० कार्तिक २०८०, शुक्रबार ०९:२३

कात्तिक १०, काठमाडौँ । आयोजक राष्ट्र नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिज जितेको छ ।

उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले अन्तिम बल खेल्नु अघि ६ विकेट गुमाएर भेट्टायो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो ।


Photo: CAN

ब्याटिङमा नेपालको सुरुवात उत्कृष्ट रहेपनि ११ ओभरको खेलपछि नेपालले ब्याटिङ पारी सम्हाल्न नसक्दा क्रमश विकेटको पतन भयो । खेलमा पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ४३ रनको साझेदारी गरे । 

कुशल भुर्तेललाई साथ दिन आएका कुशल मल्लले १ मात्र बनाएर आउट भए । भुर्तेल पनि अर्धशतक बनाए लगतै आउट भए, जतिबेला नेपालको स्कोर ६८/३ थियो ।

त्यसपछि कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले नेपालको पारी सम्हाल्ने प्रयास गरे । दुवैले चौथो विकेटका लागि ४० रनको साझेदारी गरे । उनिहरु दुवैजना १३ औं ओभरमा आउट भए । रोहितले १८ र ऐरीले २० रन बनाएर पभेलियन फर्किएका हुन् ।

त्यसपछि सन्दीप जोरा १०, गुल्सन झा ५ र सोमपाल कामी १३ रनमा आउट भए । करण केसी २३ रनमा अवजित रहे । युएईका लागि आयान खानले तीन विकेट लिंदा अली नासीर र जाहुर खानको नाममा २-२ विकेट रह्यो ।

यता यूएईको जितमा कप्तान मुहम्मद वसिमले आक्रामक ब्याटिङ गर्दै ४५ रनको योगदान गरे । वृत्य अरविन्दले २६ रन बनाए । अर्का ओपनर आर्यान्श शर्माले पनि टोलीका लागि २५ रनको योगदान गरे । वासिल हमिदले अविजित २२ र आयान अफजल खानले अविजित ५ रन बनाए । 

नेपाली टोलीका बलर गुल्सन झा र अविनाश बोहराले दुई—दुई विकेट लिए । कुशल मल्लले पनि एक विकेट हात पारे । फाइनलमा नेपाली टोलीका मध्यक्रमका ब्याट्सम्यानहरु खासै प्रभावकारी देखिएनन् । नेपाली बलरहरुले पनि प्रारम्भमा यूएईलाई निकै बढी रन दिए ।

यूएईका कप्तानसमेत रहेका वसिमले केवल २२ बलको सामना गरी दुई छक्का र सात चौका हिर्काएका थिए । उनी आउट हुँदा यूएईले ६.४ ओभरमै एक विकेट गुमाएर ७१ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता