पहिलो ओभरमै नेपाललाई सफलता, करणले लिए विकेट

Posted on: 30 Oct, 2023

कार्तिक १३, काठमाडौँ | आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको फाइनल छनोटमा सोमबार आयोजक राष्ट्र नेपालले सिंगापुरको पहिलो विकेट लिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिंगापुरले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो ।

सिंगापुरको पहिलो विकेट नेपालका बलर करण केसीले लिएका हुन् । उनले पहिलो ओभरको दोस्रो बलमा सिंगापुरका ओपनर ब्याट्सम्यान अरित्रा दत्तलाई बोल्ड गरेका हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!