५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालले खेल जित्दा अर्नाले ६ लाख ७६ हजार खर्च गर्नेुपर्ने, कुन खेलाडीलाई कति?

१३ कार्तिक २०८०, सोमबार ०९:२१

कात्तिक १३, काठमाडौँ | टी–२० विश्वकपको एसिया छनोटमा नेपालले पहिलो खेल जित हात पार्दै सुखद सुरुवात गरेको छ। नेपालले आठ विकेटले सिंगापुरलाई पराजित गरेको हो। तुलनात्मक रुपमा बलियो नेपालले पहिले बलिङ गरे पनि चुनौतीपूर्ण लक्ष्य नपाएपछि सहज रुपमा जित हात पारेको हो। 

आजको खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन बनाएको थियो। नेपालले १६.२ ओभरमा २ विकेटको क्षतिमा १४७ रन बनाउदै सिंगापुरले दिएको लक्ष्य भेटाएको हो।


विश्वकप छनोट खेलमा सहभागी भएका खेलाडीहरुलाई यसअघि अर्ना बियरले उनीहरुको प्रदर्शनको आधारमा रकम दिने घोषणा गरेको थियो। उसको घोषणा अनुसार नेपाली खेलाडीका लागि पहिलो खेलमा कुल ६ लाख ७६ हजार खर्च गर्नेुपर्ने देखिएको छ।

बलिङतर्फ कुल २ लाख ९४ हजार र ब्याटिङतर्फ कुल ३ लाख ८२ हजार गरी कुल ६ लाख ७६ हजार खर्च गर्ने देखिएको हो। 

ब्याटिङमा अर्धशतक पूरा गरी अन्तिम समयमा आउट भएका कुशल भुर्तेलले सबैभन्दा धेरै रकम पाउने देखिएको छ। भुर्तेलले १ लाख ९४ हजार पाउने देखिन्छ। 

अर्ना बियरले टी–२० विश्वकप छनोटमा नेपालका खेलाडीले बनाउने प्रत्येक रनको १ हजार, चौकाको थप १० हजार, छक्काको थप २० हजार रुपैयाँ दिने घोषणा गरेको थियो। त्यस्तै बलिङतर्फ एउटा डट बल बराबर १ हजार, मेडन ओभरको १० हजार र हरेक विकेटमा २५ हजार रुपैयाँ दिने घोषणा गरेको थियो।

सोही घोषणा अनुसार खेलाडीहरुले कुल ६ लाख ७६ हजार पाउने भएका हुन्। जस अनुसार कुशल भुर्तेलले सर्वाधिक १ लाख ९४ हजार पाउने भएका छन्। अर्ना बियरले गत भदौमा भएको एसिया कप क्रिकेटमा चौका, छक्का र विकेट लिने खेलाडीलाई पुरस्कार दिएको थियो। 

कुन खेलाडीले कति पाउँछन्?

कुशल भुर्तेल- १ लाख ९४ हजार (७४ रन, ८ चौका, २ छक्का) 

आशिफ शेख- ६७ हजार (२७ रन, २ चौका, १ छक्का) 

रोहित पौडेल- ९५ हजार  (३५ रन, २  चौका, २ छक्का) 

कुशल मल्ल- २६ हजार ( ६ रन, १ छक्का) 

करण केसी- ६१ हजार (११ डट बल, २ विकेट) 

सोमपाल कामी- १३ हजार (१३ डट बल) 

अविनाश बोहरा- ९४ हजार (९ डट बल, १  मेडन, ३ विकेट) 

सन्दीप लामिछाने- ६३ हजार (१३ डट बल, २ विकेट) 

गुलशन झा- ६३ हजार (१३ डट बल, २ विकेट)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता