५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी-२० विश्वकप छनोट: नेपाललाई उछिन्दै ओमान ४ अंकसहित अंकतालिकाको शिर्षस्थानमा

१४ कार्तिक २०८०, मंगलवार ०७:४३

कार्तिक १४, काठमाडौँ | टी-२० विश्वकपको एसिया छनोटअन्तर्गत मंगलबार भएको समूह ‘ए’को खेलमा ओमानले लगातार दोस्रो जित निकालेको छ।

१७५ रनको लक्ष्य पछ्याएको सिंगापुर निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५२ रनमा समेटिएपछि ओमानले २२ रनले खेल जितेको हो।


सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ४१ रन बनाए। मनप्रित सिंह ३१, अनिश परम २६, अरित्र दत्त १३ र रोहन रङ्गराजनले १२ रन जोडे।

ओमानका बिलाल खान र फयाज बटले समान दुई-दुई विकेट लिँदा साकिल अहमद, जिसान मक्सुद, आकिब इलियास र मोहम्मद नदीमले समान-एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७४ रन बनाएको छ।

ओमानका लागि उपकप्तान आकिब इलियास खानले ६३ रनको अर्धशतकीय पारी खेल्दा प्रतिक अथाभेल ४२, कप्तान जीसान मक्सुद २६ र कश्यम प्रजापतिले १२ रन जोडे।

सिंगापुरका जनक प्रकाश, अनिश पराम र रमेश कलिमुथुले समान दुई–दुई विकेट लिए।

जितसँगै ओमान ४ अंकसहित अंकतालिकाको शिर्षस्थानमा पुगेको छ। समूह ए मै रहेको घरेलु टोली नेपाल दुई अंकसहित दोस्रो स्थानमा छ। मलेसिया तेस्रो र सिंगापुर चौथो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता