मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य, अविनाशको खातामा ४ विकेट

Posted on: 31 Oct, 2023

कार्तिक १४, काठमाडौँ | विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको खेलमा मलेसियाले घरेलु टोली नेपाललाई १६६ रनको लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ६५ रन जोड्यो ।

मलेसायका लागि प्रारम्भिक ब्याट्सम्यान सेयद अजिज एक्लैले ६८ रन बनाए । अर्का ओपनर जुबाईदी जुल्कीफिलले २४ रन बनाए। कप्तान अहमद फैज ३ रन जोडेपछि रन आउटको शिकार बने । आक्रामक ब्याट्सम्यानको परिचय बनाएका विरनदिप सिंहले पनि ४ रन मात्र बनाउन सके ।

नेपालका अविनाश बोहराले ४ तथा सन्दीप लामिछाने, करन केसी र रोहित पौडेलले एक एक विकेट लिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!