नेपालको तेस्रो विकेट पतन, दुई रनमै आउट भए कप्तान पौडेल

Posted on: 31 Oct, 2023

कार्तिक १४, काठमाडौँ | आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलमा मलेसियाविरुद्ध नेपालको तेस्रो विकेट पतन भएको छ। 

नेपालले कप्तान रोहित पौडेललाई तेस्रो विकेटका रुपमा गुमाएको हो। उनी जम्मा दुई रन बनाएरै पेविलियन फर्किएका छन्। 


यसअघि ओपनर आशिफ शेखलाई दोस्रो विकेटका रुपमा गुमाएको थियो। शेखले २३ बलको सामना गर्दै ३२ रन बनाएर आउट भए। 

कुशल भुर्तेललाई नेपालले पहिलो विकेटका रुपमा गुमाएको थियो। भुर्तेले २४ बलमा ४३ रन बनाएर आउट भएका थिए। 

१६६ रनको लक्ष्य पछ्याएको नेपालले विस्फोटक पारी खेलिरहेको छ। अहिले क्रिजमा कुशल मल्ल र सन्दीप जोरा छन्। नेपालले १४ ओभरको समाप्तिमा तीन विकेट गुमाउँदै १३३ रन बनाएर खेलिरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!