५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

लगातार दुई खेल जित्दा नेपाल विश्वकप छनौटको सेमिफाइनलमा प्रवेश

१४ कार्तिक २०८०, मंगलवार १०:३२

कत्तिक १४, काठमाडौँ । विश्वकप छनौट खेलको दोश्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेपछि एक खेल बाँकी छँदै नेपाल सेमिफ़ाइनलमा प्रवेश गरेको छ । 

टी-२० विश्वकप छनोट खेलमा नेपाललाई मलेसियाले १६६ रनको लक्ष्य दिएको थियो । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको थियो । जसलाई नेपालले १८ ओभरको खेलमा पुरा गर्दै नेपालले सेमिफाइनल खेलमा आफ्नो स्थान पक्का गरेको हो । नेपालको जितको लागि कुशल मल्ल र कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरे । उता समूहगत चरणको अन्तिम खेलअघि नै नेपालसंगै ओमान पनि विश्वकप छनौटको सेमिफाइनलमा प्रवेश गरेको छ । 

खेलमा मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए भने ओपनर समेत रहेका भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाएका थिए ।

ओमानले आजै बिहान सिंगापुरविरुद्ध जित निकालेको थियो । पराजयसँगै सिंगापुर र मलेसिया भने विश्वकप छनौटबाट बाहिरिएको छ ।

बुधबार नेपाल र ओमानबीच समूह विजेता र उपविजेताका निम्ति प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता