नेपालले गुमायो दोस्रो विकेट, सोमपाल आउट

Posted on: 02 Nov, 2023

कार्तिक १६, काठमाडौँ | आईसीसी टी–२० विश्वकप छनोटमा ओमानविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । सोमपाल कामी १२ रन बनाएर आउट भएका हुन् । यसअघि आसिफ शेख मात्र ५ रन बनाएर आउट भएका थिए ।

नेपालले २ विकेटको क्षतिमा ३७ रन बनाएको छ । यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा १ सय ४५ रन बनाएको थियो ।

आजको खेलले समूह एको विजेता चयन गर्नेछ । समूहबाट दुवै टोली सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!