२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ओमानसँगको कमजोरी सुधारेर भोलि यूएईसँग कमब्याक गर्नेछौं: प्रशिक्षक मोन्टी देशाईँ

२०८०, १६ कार्तिक बिहीबार ०९:०५

कार्तिक १६, काठमाडौँ | नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईँले टी-२० विश्वकप छनोटको सेमिफाइनल खेलमा कमब्याक गर्ने बताएका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा ओमानसँग ५ विकेटले पराजित भएपछि पत्रकारसित कुरा गर्दै उनले टिमले वर्षभर गरेको मेहनत र विश्वासले सेमिफाइनलको खेलमा कमब्याक गर्ने बताए ।

‘हामीले यो वर्षभरी निकै मेहनत गरेका छौं,’ उनले भने, ‘ह्यापी ड्रेसिङ रुममा भएका सबै सदस्यहरुमा हामीलाई विश्वास छ । हामीले हाम्रो भूमिकाको बारेमा कुरा गरेका छौं । हामी भोलि हरेक कुरालाई सुधार गर्दै कमब्याक गर्नेछौं ।’


ओमानसँगको हारले खेलाडी र आफू पनि दुखित रहेको उनले बताए । ‘खेलाडी पनि दुखी छन्, खेलाडी भन्दा पनि फ्यान दुखी छन्,’ देशाईँले भने, ‘हामीसँग २४ घण्टा छ । हामी त्यो सुधारेर भोलि खेल्नेछौं । भोलि पुन एउटा मौका छ ।’

समहू एको आफ्नो अन्तिम खेलमा ओमानसँग ५ रनले हारेपछि नेपालले उपविजेता बनेर सेमिफाइनलमा यूएईसँगको भेट पक्का गरेको हो ।

ओमानले २ पटक टी–२० विश्वकप खेलेको छ । २०१६ र २०२१ मा विश्वकप खेलेको टिम भएकाले आजको खेलमा स्किल भर्सेस स्किलको प्रतिस्पर्धा देखिएको देशाईँले बताए । ‘हामीले हाम्रो विपक्षीलाई सम्मान गर्नुपर्छ,’ उनले भने, ‘उनीहरुले दुई पटक टी–२० विश्वकप खेलेका छन् । उनीहरुसँग अनुभव छ ।’

नेपालको विशेषत ब्याटिङ फ्लप हुँदा आजको योजना विफल भएको प्रशिक्षक मोन्टीले स्वीकार गरे । ‘आज हाम्रो केही योजनाहरु विफल भएकै हुन् । हामीले विकेट सम्हालेर अन्तिम ओभरसम्म जानुपर्नेमा योजना अनुरुप भएन’, उनले भने ।

नेपाललाई जितका लागि अन्तिम ओभरमा २६ रन चाहिएको थियो । त्यो ओभरमा बिलाल खानको बलमा विवेक यादवले लगातार ३ छक्का हानेर नेपाललाई आशा देखाएका थिए । तर उनी चौथो बलमा आयान खानको हातबाट क्याच आउट भए । २४ बल खेलेका उनले ५ छक्काको मद्दतमा कुल ३९ रन बनाए ।

प्रशिक्षक देशाईँले यादवको प्रदर्शनको तारिफ समेत गरे । ‘नराम्रोमा पनि एउटा कुरा सधैं राम्रो हुन्छ । यो एउटा राम्रो उदाहरण हो । हामीले एउटा अर्को खेलाडी भेटाएका छौं,’ उनले भने, ‘नेपाल क्रिकेट भर्खरै सुरु भएको छ । हाम्रो फोकस भनेको नेपाललाई एउटा सम्पूर्ण क्रिकेट राष्ट्र बनाउने हो । त्यसैले आज विवेकको अप्रोच देखेर निकै खुसी छु ।’

आजको खेलमा माथिल्लो क्रमका ब्याटरहरु नचल्दा १४६ को सामान्य लक्ष्य पनि नेपालले भटाउन सकेन । आज ओपनर आशिफ शेख ५ रन बनाउँदै पभेलियन फर्किएका थिए । त्यसपछि तेस्रो नम्बरमा सोमपाल कामी ब्याटिङमा आएका थिए । उनले १२ रन बनाए ।

सोमपाल कामी अलराउण्डर रहेको भन्दै प्रशिक्षक देशाईँले उनलाई तेस्रो नम्बरमा ब्याटिङमा पठाउने निर्णय सही रहेको दाबी गरे ।

‘हामीले नम्बर ३ का लागि केही कुरा प्रमाणित गर्नुपर्छ जस्तो लाग्दैन,’ उनले भने, ‘सोमपाललाई पहिला पनि नम्बर ३ मा पठाएकै हो । हामीसँग ११ छन् र ११ जना नै ब्याटर नै हुन् । सोमपाल कामी एउटा अलराउन्डर हो, यो नभुलौं कि उसले एसिया कपमा राम्रो गरेको पनि हो ।’

नेपालले यूएईसँग भोलि शुक्रबार ११ बजे मुलपानी मैदानमा खेल्ने छ । छनोटको समुह बीका सबै खेल मुलपानी मैदानमा भएकाले यूएई यहाँको पिचसँग अभ्यस्त भइसकेको छ ।

छनोट प्रतियोगिताअघि नेपालले त्रिकोणात्मक शृंखलामा मुलपानीमा यूएई र हङकङविरुद्ध खेलेको थियो । तर पछिल्लो पिच र कन्डिसनमा यूएईले मुलपानीमा धेरै खेल खेलेको छ । आफूहरु पिच र कन्डिसनका बारेमा अनविज्ञ तर उत्साहित भएर मुलपानी जाने देशाईँले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल