५ माघ २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भोलि हुने यूएईविरुद्धको सेमिफाइनल खेल्लान् दिपेन्द्रले?

१६ कार्तिक २०८०, बिहीबार ०९:४२

कार्तिक १६, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देशाईँले चोटग्रस्त खेलाडी दिपेन्द्र सिंह ऐरीका बारेमा आफूहरु छलफलमै रहेको बताएका छन् ।

टी–२० विश्वकप छनोटको पहिलो खेल सिंगापुरविरुद्ध टस भइसकेपछि अभ्यास गर्ने क्रममा दिपेन्द्र घाइते भएका थिए । गोलीगाँठोमा चोट लागेको चौथो दिन उनले आज केहीबेर प्याड लगाएर नेटमा अभ्यास गरेका थिए ।


ओमानसँगको खेलपछि पत्रकारले दिपेन्द्रकाबारेमा सोधेको प्रश्नमा मोन्टीले उनलाई खेलमा फर्काउन विशेषज्ञहरुले जे ठीक हुन्छ त्यो गरिरहेको बताए ।

‘हामीले हरेक स्रोतहरु लगाइरहेका छौं । हरेक विशेषज्ञहरुले दिपेन्द्रको लागि के ठिक हुन्छ सबै थोक गरिरहेका छन्,’ उनले भने, ‘हामीले दिपेन्द्रको करिअरको बारेमा पनि सोच्नुपर्छ । हामी सामुहिक छलफलमै छौं ।’

देशाईँले दिपेन्द्रले भोलि शुक्रबार हुने यूएईविरुद्धको सेमिफाइनल खेल खेल्ने नखेल्ने बारेमा केही थाहा नभएको बताए ।

दिपेन्द्रले बलिङ, ब्याटिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए । उनले नेपालका लागि ५२ टी–२० आईमा १ हजार ३४४ रन बनाएका छन् । बलिङतर्फ उनले २५ विकेट पनि लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्साल क्षेत्र पर्यटकीय गन्तव्य बोकेको क्षेत्र होः गगन थापा योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ : डा रामवरण यादव हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु अध्यक्ष प्रचण्डले लिए भक्काको स्वाद मुकुललाई पार्टीमा ल्याउनुपर्ने माग राख्ने रास्वपाका कोशी प्रदेश सभापति निलम्बित इजरायली क्याबिनेट गर्‍यो गजामा युद्ध विरामको स्वीकृत आज मधेश सरकारले बलिदानी दिवस मनाउँदै आजदेखि यु–१९ महिला विश्वकप सुरु : पहिलो खेल नेपालले आज बंगलादेशसँग खेल्दै आज यस्तो छ, विदेशी मुद्राको विनिमय दर आज काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन आज देशभरको मौसम मुख्यतया सफा रहने रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दा दर्ता गर्ने तयारी हालान्डले सिटीसँग गरे १० वर्ष लामो सम्झौता डा. निकोलस भुसाललाई ५० हजार धरौटीमा छाड्न अदालतको आदेश जीबी राईको राहदानी रोक्का गर्न अदालतको आदेश रविको फोटो खिचेका निकोलसविरुद्ध मुद्दा दर्ता, १ लाख जरिवाना र ५ वर्ष कैद माग वैवाहिक बन्धनमा बाँधिइन् गायिका मेलिना राई ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा लाग्यो आगो, चालकको जलेर मृत्यु इमरान खानलाई फेरि सुनाइयो १४ वर्षको जेल सजाय दैलेखबाट नमुना लिएर पेट्रोलियम पदार्थ अन्वेषण टोली चीन फर्कियो