कुशल मल्लले लिए यूएईको चौथो विकेट

Posted on: 03 Nov, 2023

 कार्तिक १७, काठमाडौं | टी-२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेल नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिच मुलपानी क्रिकेट मैदानमा भइरहेको छ । यूएईले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ । पहिले ब्याटिङ गर्न आएको यूएईले लगातार आफ्नो चौथो विकेट गुमाएको छ ।

यूएईको चौथो विकेट कुशल मल्लले लिएका हुन् । उनले यूएईका ब्याट्सम्यान एलिसन सराफुलाई सोमपाल कामीद्वारा क्याच गराएका हुन् । 

एलिसनले १४ बलको सामना गरी तीन चौकाको मद्दतले १६ रन बनाए । उनी आउट हुँदा यूएईले १३.४ ओभरमा ८८ रन बनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!