४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाललाई बधाई दिँदै मोहम्मद रिजवानले लेखे- विश्वकपमा भेटौंला

१७ कार्तिक २०८०, शुक्रबार ११:५४

कार्तिक १७, काठमाडौं | नेपालले टी-२० विश्वकपमा स्थान बनाएपछि देशभित्र खुशीयालीको माहोल छ । सामाजिक सञ्जालमा सबैले नेपाली क्रिकेट टीमलाई बधाई दिइरहेका छन् ।

देशभित्र उत्सवको माहोलभित्र एक चर्चित विदेशी क्रिकेटरले पनि नेपाल विश्वकपमा छनोट भएकोमा खुशी व्यक्त गरेका छन् । उनी हुन् पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान ।


अहिले भारतमा विश्वकप खेलिरहेका रिजवानले सामाजिक सञ्जालमार्फत नेपाली टीमलाई बधाई दिएका छन् ।

उनी लेख्छन्, ‘टीम नेपाललाई बधाई छ । तिमीहरु वास्तवमै विश्वकप २०२४ का लागि हकदार थियौ । अब विश्वकपमा भेटौंला ।’

रिजवानको यो पोस्टमा सयौं नेपालीहरुले कमेन्ट गर्दै धन्यवाद दिएका छन् ।

नेपाली क्रिकेट र क्रिकेटरलाई असाध्यै माया गर्ने पाकिस्तानी खेलाडी हुन् रिजवान । नेपाल एसिया कप खेल्न पाकिस्तान जाँदा उनले नेपाली खेलाडीहरुलाई होटलमै गएर भेटेका थिए । उनी सन्दीप लामिछाने थुनामुक्त भएपछि उनलाई भेट्न नेपालसम्मै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता