४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

शीर्ष ब्याट्सम्यानको वरियतामा बाबरको दुई वर्षभन्दा लामो वर्चश्व समाप्त

२२ कार्तिक २०८०, बुधबार १०:५३

कार्तिक २२, काठमाडौँ | आइसीसीको विश्व वरियतामा पाकिस्तानी ब्याट्सम्यान बाबर आजमको दुई वर्षभन्दा लामो वर्चश्व समाप्त भएको छ । उनलाई पछि तान्दै भारतका शुभमन गिल पहिलो स्थानमा उक्लिएका छन् ।


ब्याट्सम्यानको शीर्ष वरियतामा स्थान बनाउने गिल चौंथो भारतीय ब्याट्सम्यान हुन् । उनीभन्दा अगाडि सचिन तेन्दुलकर, महेन्द्रसिंह धोनी र बिराट कोहलीले मात्रै पहिलो वरियताको स्वाद चाखेका थिए । गिलले यस वर्ष एकदिवसीयमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले २६ खेलमा ६३ को औसतमा १४४९ रन बनाएका छन् भने उनको करिअर औसत पनि ६१।०२ रहेको छ ।

अर्कोतर्फ बाबर पनि खराब फर्ममा भने छैनन् । जारी विश्वकपमा पनि उनले चारवटा अर्धसतक बनाइसकेका छन् । तर, बाबर र शुभमानबीचको अन्तराल निकै साँघुरो भएकाले प्रदर्शनमा अलिकति तलमाथि हुनासाथ बाबर पछि पर्ने स्थिति थियो । अहिले शुभमानको रेटिङ प्वाइन्ट ८३० र बाबरको ८२४ छ । एक–दुई म्याचमा बाबरको प्रदर्शन राम्रो र शुममानको खराब भयो भने फेरि उलटफेर हुन सक्छ ।

व्याटिङ वरियतामा भारतका बिराट कोहली चौंथो स्थानमा उक्लिएका छन् । विश्वकपमा दुई अविजित शतक र चार अर्धसतक हानेपछि उनले तीन स्थानको फड्को मारेका हुन् । उनी तेस्रो स्थानमा रहेका क्वीन्टन डिककभन्दा एक रेटिङ प्वाइन्टले मात्रै पछाडि छन् । पाचौं नम्बरमा डेभिड वार्नर र छैटौंमा रोहित शर्मा छन् ।

यता, बलिङतर्फ पनि भारतकै वर्चश्व छ । पाकिस्तानका साहिन साह अफ्रिदीको शीर्ष वरियता केही दिनमै भारतका मोहम्मद सिराजले खोसेका छन् । विश्वकपको पछिल्लो म्याचमा साहिनले खराब प्रदर्शन गरेपछि उनी एकैपटक पाचाैँ स्थानमा झरेका हुन् । दक्षिण अफ्रिकाका केशव महाराज दोस्रोमा, अष्ट्रेलियाका एडम जाम्पा तेस्रोमा र भारतका कुलदीप यादव चौंथो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’