४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रचिनले तोडे सचिन तेन्दुल्करको कीर्तिमान

२४ कार्तिक २०८०, शुक्रबार ०९:०१

कार्तिक २४, काठमाडौँ | न्युजिल्यान्डका युवा अलराउन्डर रचिन रविन्द्रले भारतका महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । २३ वर्षीय रचिनले आईसीसी एकदिवसीय विश्वकपको बिहीबार राति सम्पन्न श्रीलंकाविरुद्धको खेलमा सचिनको कीर्तिमान तोडेका हुन् ।

त्यो खेलमा ओपनर ब्याट्सम्यान रचिनले ३४ बलमा तीन छक्का र तीन चौकाको मद्दतले ४२ रन बनाएका थिए । त्यो खेलपछि रचिन २५ वर्षभन्दा कम उमेरमा एकदिवसीय विश्वकपको एउटै संस्करणमा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान बनेका छन् । 


यसअघि यो कीर्तिमान सचिनको नाममा थियो । सचिनले सन् १९९६ को एकदिवसीय विश्वकपमा कुल पाँच सय २३ रन बनाएका थिए । त्यतिबेला सचिनको उमेर पनि २३ वर्ष नै थियो । रचिनले भने यो विश्वकपमा हालसम्म नौ खेल खेलेर कुल पाँच सय ६५ रन बनाइसकेका छन् । 

रचिन जारी विश्वकपमा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यानको सूचिमा पनि सबैभन्दा अगाडि रहेका छन् । सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा दोस्रो स्थानमा दक्षिण अफ्रिकाका क्विन्टन डी कक रहेका छन् । उनले हालसम्म आठ खेल खेल्दै कुल पाँच सय ५० रन बनाएका छन् । 

यसैगरी तेस्रो स्थानमा रहेका भारतीय ब्याट्सम्यान विराट कोहलीले पाँच खेलबाट पाँच सय ४३ रन बनाएका छन् भने चौथो स्थानमा आसिन अस्ट्रेलियाका डेविड वार्नरले आठ खेलबाट कुल चार सय ४६ रन जोडेका छन् । भारतका कप्तान रोहित शर्मा आठ खेलबाट चार सय ४२ रन बनाउँदै पाँचौँ स्थानमा छन् । 

रचिनले श्रीलंकाली बलर महिश थिकसनाको बलमा रन लिँदै सचिनको कीर्तिमान तोडेका थिए । जारी विश्वकपमा रचिनले हालसम्म तीन सतक र दुईवटा अर्धसतक प्रहार गरिसकेका छन् । श्रीलंकाविरुद्धको उक्त खेलमा न्युजिल्यान्ड पाँच विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’