२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एम्बाप्पेको ह्याट्रिकमा शीर्ष स्थानमा पीएसजी

२६ कार्तिक २०८०, आईतवार ०५:३७

कार्तिक २६, काठमाडौँ | केलिएन एमबाप्पेले ह्याट्रिक गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा शनिबार राती रेइम्सलाई ३-० ले पराजित गरेको छ । यो जितले पीएसजी अंकतालिकामा शीर्ष स्थानमा समेत उक्लेको छ ।

खेलको तेस्रो मिनेटमै एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । त्यसपछि उनले दोस्रो हाफमा दुई गोल गरे । ५९औं र ८२औं मिनेटमा गोल गर्दै एमबाप्पेले ह्याट्रिक पूरा गरे ।

रेइम्सका जुन्या इतोले सातौं मिनेटमा गोल गरेपनि भिएआरले मान्यता दिएन ।


जितपछि पीएसजी १२ खेलमा २७ अंक जोडेको शीर्ष स्थानमा उक्लेको छ । उसले नाइसलाई एक अंकले पछि पारेको छ ।

नाइस मोन्टेपिलरसँग गोलरहित बराबरीमा रोकिएपछि पीएसजीलाई फाइदा भएको हो  । समान खेलबाट नाइस २६ अंकसहित दोस्रोमा छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चार संसदीय समितिको बैठक आज बस्दै ठमेलबाट चिनियाँ नागरिकको अपहरण गरेको आरोपमा ३ जना पक्राउ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून राष्ट्रपति निवासबाटै पक्राउ आज पनि रवि लामिछानेको मुद्दामा थुनछेक बहस हुने हेर्नुहोस, बुधबारको विदेशी मुद्राको विनिमय दर यस्तो रहने छ आजको मौसम ! सुस्त मनस्थितिकी किशोरीलाई बलात्कारको आरोपमा युवक पक्राउ सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० बढीको मृत्यु क्रोएसिया पठाइदिन्छु भन्दै ठग्ने व्यक्ति पक्राउ इन्डिगोको विमानमा बम राखेको धम्की आएपछि… थानकोटमा युवतीमाथि चक्कु प्रहार: साउदीमा हुँदा पैसा पठाउँथे नेपाल फर्केपछि ‘बेवास्ता’ गरेपछि घटना लस एन्जलसको आगो नियन्त्रणका लागि प्रयोग भइरहेको गुलाबी रङ्गको तरल पदार्थ के हो? ब्राजिलमा भेटियो अचम्मको माछा – मान्छेका जस्ता दाँत! डेढ महिनादेखि बेपत्ता वृद्धको शव सडेगलेको अवस्थामा फेला, कपडा र झोलाले चिनियो कोलेस्ट्रोलका बिरामी, मिर्गौला रोगीसहित यी व्यक्तिहरूले खानु हुँदैन अण्डा? प्रचण्डको दाबीः सरकार ढल्छ, हामीले धेरै बल गर्नै पर्दैन ‘महाराजधिराज’ को पोस्टरमा पलकाे दुई अलग चरित्र एक वर्षमा आठ हजार ६ सय नेपाली विमानस्थलबाटै फकाईए गोली हानेर श्रीमतीको हत्या पिएसएल अक्सनमा बिक्री भएनन् नेपाली खेलाडी