कार्तिक २७, काठमाडौँ | इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर सिटीले बराबरी गोलमा खेलेका छन्। चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा आइतवार राति भएको खेलमा दुवै टोलीले ४–४ गोलको रोमाञ्चक बराबरी खेलेका हुन् ।
सिटीका लागि एर्लिङ हालान्डले २ तथा मानुएल आकान्जि र थिएगो सिल्भाले १–१ गोल गरेका थिए । चेल्सीका थियागो सिल्भा, रहिम स्टर्लिङ, निकोलस ज्याक्सन र कोल पालमरले १–१ गोल गोल गरेका थिए ।
खेलमा अग्रता भने हालान्डको गोलमा टोली सिटीले अर्लिङ लिएको थियो । तर चेल्सीका थियागो सिल्भाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । फेरी रहिम स्टर्लिङले गोल गर्दै घरेलु टोली चेल्सीलाई २–१ को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा सिटीका म्याअुअल अकान्जीले गोल गर्दै पुन खेल बराबरीमा ल्याएका थिए ।
दोसो हाफमा सिटीका हालान्डले दोस्रो गोल गर्दै खेल ३-२ ले अघि बढेको थियो । निकोलस ज्याक्सनले गोल गर्दै चेल्सीलाई बराबरीमा ल्याएका थिए । खेल सकिन ४ मिनेटअघि रोड्रीले गोल गर्दै सिटीलाई जीतको नजिक पुर्याएका थिए । तर इन्जुरी समयमा पाल्मरले गोल गर्दै खेल बराबरीमा टुंग्याएका थिए ।
यो बराबरीसँगै सिटी १२ खेलबाट २८ अंकका साथ पहिलो स्थानमा छ भने १६ अंक भएको चेल्सी १०औँ स्थानमा छ ।