२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारत र अष्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा, दक्षिण अफ्रिका ५ औं पटक सेमिफाइनलमा पराजित

२०८०, ३० कार्तिक बिहीबार १६:५४

कात्तिक ३०, काठमाडौँ । अष्ट्रेलियाले भारतको कोलकातास्थित ईडन गार्डन्स खेल मैदानमा खेलेको दोश्रो सेमीफाइनलमा साउथ अफ्रीकालाई ३ विकेटले पराजित गर्दै विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ । अष्ट्रेलियाको टिम ८ औं पटक यस टूर्नामेन्टको फाइनलमा पुगेको छ । 


यता दक्षिण अफ्रिका एक पटक फेरी ठूलो टूर्नामेन्टबाट हार व्यहोर्न बाध्य भएको छ । यो उसको लागि फाइनल पुग्ने पाँचौं मौका थियो तर यो पटकको विश्वकपमा पनि उस्तै हार व्यहोर्न पुगेको छ ।

दक्षिण अफ्रीकाले यस खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने फैशला गरेको थियो। जसमा दक्षिण अफ्रिकाले ४९.४ ओभरको खेलमा  २१२ रन मात्र बनाउन सक्यो । खेलमा मिलरले सबैभन्दा बढी १०१ रन बनाएका थिए । दक्षिण अफ्रिकालाई कम लक्ष्यको रन बनाउन दिने क्रममा अष्ट्रेलियाका मिचेल स्टार्क र पैट कमिन्सले ३/३ विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले ४७.२ ओभरको खेलमा ७ विकेटको क्षेतिमा दक्षिण अफ्रिकाले दिएको लक्ष्य पुरा गर्दै फाइनलमा प्रवेश गरेको हो । 

अस्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ६२ रन बनाए । उनले आक्रामक इनिङ्स खेल्दै ४८ बलमा नौ चौका र २ छक्का हिर्काए । अर्का ओपनर डेभिड वर्नरले पनि मात्र १८ बलमा २९ रन बनाए । उनले एक चौका र ४ छक्का हिर्काए ।

वर्नर आउट भएलगत्तै मिचेल मार्स शून्य रनमा आउट भएपछि अस्ट्रेलिया दबाबमा परेको थियो ।  त्यसपछि पूर्वकप्तान स्टिभ स्मीथले ३० रन बनाउँदै टोलीलाई केही राहत दिलाएका थिए । तर मार्नस लाम्बुसेन १८ रन र ग्लेन म्याक्सेवल मात्र १ रन बनाएर आउट भएपछि टोली पुनः दबाबमा पर्‍यो । 

यद्यपि विकेटकिपर जोस इंग्लिसले २८ रन बनाउँदै अस्ट्रेलियालाई जीतको नजिक पुर्‍याए । त्यसपछि कप्तान प्याट कमिन्सले मिचेल स्टार्कसँग मिलेर टोलीलाई जीतसम्म डोर्‍याए । स्टार्कले नटआउट रहँदै १६ रन बनाए भने कमिन्सले १४ रनको योगदान दिए ।

दक्षिण अफ्रिकाका लागि जेराल्ड कोट्जी र ताब्रियाज साम्सीले २–२ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल