४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारत र अष्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा, दक्षिण अफ्रिका ५ औं पटक सेमिफाइनलमा पराजित

३० कार्तिक २०८०, बिहीबार १६:५४

कात्तिक ३०, काठमाडौँ । अष्ट्रेलियाले भारतको कोलकातास्थित ईडन गार्डन्स खेल मैदानमा खेलेको दोश्रो सेमीफाइनलमा साउथ अफ्रीकालाई ३ विकेटले पराजित गर्दै विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ । अष्ट्रेलियाको टिम ८ औं पटक यस टूर्नामेन्टको फाइनलमा पुगेको छ । 


यता दक्षिण अफ्रिका एक पटक फेरी ठूलो टूर्नामेन्टबाट हार व्यहोर्न बाध्य भएको छ । यो उसको लागि फाइनल पुग्ने पाँचौं मौका थियो तर यो पटकको विश्वकपमा पनि उस्तै हार व्यहोर्न पुगेको छ ।

दक्षिण अफ्रीकाले यस खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने फैशला गरेको थियो। जसमा दक्षिण अफ्रिकाले ४९.४ ओभरको खेलमा  २१२ रन मात्र बनाउन सक्यो । खेलमा मिलरले सबैभन्दा बढी १०१ रन बनाएका थिए । दक्षिण अफ्रिकालाई कम लक्ष्यको रन बनाउन दिने क्रममा अष्ट्रेलियाका मिचेल स्टार्क र पैट कमिन्सले ३/३ विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले ४७.२ ओभरको खेलमा ७ विकेटको क्षेतिमा दक्षिण अफ्रिकाले दिएको लक्ष्य पुरा गर्दै फाइनलमा प्रवेश गरेको हो । 

अस्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ६२ रन बनाए । उनले आक्रामक इनिङ्स खेल्दै ४८ बलमा नौ चौका र २ छक्का हिर्काए । अर्का ओपनर डेभिड वर्नरले पनि मात्र १८ बलमा २९ रन बनाए । उनले एक चौका र ४ छक्का हिर्काए ।

वर्नर आउट भएलगत्तै मिचेल मार्स शून्य रनमा आउट भएपछि अस्ट्रेलिया दबाबमा परेको थियो ।  त्यसपछि पूर्वकप्तान स्टिभ स्मीथले ३० रन बनाउँदै टोलीलाई केही राहत दिलाएका थिए । तर मार्नस लाम्बुसेन १८ रन र ग्लेन म्याक्सेवल मात्र १ रन बनाएर आउट भएपछि टोली पुनः दबाबमा पर्‍यो । 

यद्यपि विकेटकिपर जोस इंग्लिसले २८ रन बनाउँदै अस्ट्रेलियालाई जीतको नजिक पुर्‍याए । त्यसपछि कप्तान प्याट कमिन्सले मिचेल स्टार्कसँग मिलेर टोलीलाई जीतसम्म डोर्‍याए । स्टार्कले नटआउट रहँदै १६ रन बनाए भने कमिन्सले १४ रनको योगदान दिए ।

दक्षिण अफ्रिकाका लागि जेराल्ड कोट्जी र ताब्रियाज साम्सीले २–२ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’