२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाल सहभागी हुने यू-१९ क्रिकेट विश्वकप श्रीलंकाबाट सर्‍यो, अब दक्षिण अफ्रिकामा

२०८०, ५ मंसिर मंगलवार ११:३४

मङ्सिर ५, काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आइसिसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता श्रीलंकाबाट सारेको छ। 

आइसिसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेसँगै आगामी जनावरी र फेब्रुअरी हुने यू-१९ विश्वकप क्रिकेट अब दक्षिण अफ्रिकामा गर्ने भएको छ। आइसिसीको बोर्ड बैठकले सर्वसम्मत रुपमा विश्वकप श्रीलंकाबाट दक्षिण अफ्रिका सारेको हो।

दक्षिण अफ्रिकामा यसअघि यू-१९ महिला विश्वकप २०२३ र यू-१९ विश्वकप २०२० आयोजना भएको थियो।


यसपटकको विश्वकपमा नेपालसहित १६ टिमले भाग लिँदैछन्। विश्वकपमा नेपाल समूह 'डी' मा छ। समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्।

यसअघि श्रीलंका क्रिकेटमाथि राजनीतिक हस्तक्षेप भए भन्दै आइसिसीले निलम्बन गरेको थियो।

क्रिकेट श्रीलंकाका पदाधिकारी र खेलकुदमन्त्री रोशन रणसिङ्घेबीच एक वर्षदेखि विवाद चल्दै आएको थियो। मन्त्रीले क्रिकेट बोर्डमा भ्रष्टाचार र अव्यवस्थाको आरोप लगाउँदै आएका छन्। जसका कारण मन्त्रालयले क्रिकेट श्रीलंकालाई बर्खास्त गरेको थियो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ