४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ब्राजिलको लगातार दोस्रो हार, घरेलु मैदानमै अर्जेन्टिनासँग पराजित भयो ब्राजिल

६ मंसिर २०८०, बुधबार ०६:०७

मङ्सिर ६, काठमाडौँ | फिफा विश्वकप २०२६ को छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० ले पराजित गरेको छ ।

ब्राजिलको घरेलु मैदान माराकाना स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन निकोलस ओटामेन्डीले ६३औं मिनेटमा एक मात्र गोल गरे । उनले जिओभानी लो सेल्सोको पासमा गोल गरे ।

८१औं मिनेटमा जोएलिन्टनले रातो कार्ड पाएपछि ब्राजिल दश खेलाडीमा समेटिएको थियो ।


दक्षिण अमेरिकी क्षेत्रको छनोटमा पाँचौ जितपछि अर्जेन्टिना खेलबाट १५ अंक जोडेर शीर्ष स्थानमै यथावत छ ।

ब्राजिलको भने यो लगातार दोस्रो हार हो । यसअघि ब्राजिल कोलम्बियासँग पराजित भएको थियो ।

हारपछि ६ खेलबाट ७ अंक मात्र रहेको ब्राजिल छैटौं स्थानमा झरेको छ ।

छनोटकै अन्य खेलमा उरुग्वेले बोलिभियालाई ३-० ले तथा कोलम्बियाले पाराग्वे  र इक्वेडरले चिलीलाई समान १-० ले हरायो ।

जितपछि उरुग्वे ६ खेलबाट १३ अंक जोडेर दोस्रो स्थानमा छ । समान खेलबाट १२ अंक जोडेको कोल्मबिया तेस्रो स्थानमा छ ।  इक्वेडरको ८ अंक जोडेर पाँचौ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’