४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दोस्रो जितसँगै बाग्मती सेमिफाइनलमा, सन्दीपले फेरि लिए ४ विकेट

८ मंसिर २०८०, शुक्रबार ०६:३८

मङ्सिर ८, काठमाडौँ | बागमती प्रदेश पोखरामा जारी केपी ओली कप टि- २० क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ । शुक्रबार कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमती प्रदेश केपी ओली कपको सेमिफाइलनमा प्रवेश गरेको हो ।

बागमती प्रदेशले दिएको १ सय ९० रनको बलियो लक्ष्य पछ्याएको कर्णाली प्रदेश १७ ओभर ३ बलमा ९९ रनमै समेटियो । कर्णालीलाई सस्तोमै समेट्न बागमतीका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए ।

३ ओभर ३ बल बलिङ गरेका कप्तान सन्दीपले ९ रन खर्चेर ४ विकेट लिए । प्रतिश जिसी, रिजन ढकाल, सुभाष खत्री र इशान पाण्डेले १-१ विकेट लिए । कर्णालीका लागि कप्तान रविन्द्र शाही २०, अर्जुन घर्ती २४, बिपिन शाहीले २१ र दीपेन्द्र रावतले १२ रन जोडे ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रन बनायो । बागमतीका लागि ओपनर रित गौतम र इशान पाण्डेले उत्कृष्ट अर्धसतक प्रहार गरेका थिए । रितले सर्वाधिक ८२ रन र इशान पाण्डेले ७० रन बनाए । रितले ५९ बलमा २ छक्का र १० चौका प्रहार गरे । प्रतिश जिसीले अविजित १२ रनको योगदान दिए । बलिङतर्फ कणरलीका दिनेश अधिकारी र प्रकाश जैसीले ३-३ विकेट लिए ।

बागमतीले पहिलो खेलमा बिहीबार मदन भण्डारी स्पोर्टस् एकेडेमी ‘रेड’ लाई १ सय ९ रनले पराजित गरेको थियो । एक खेल अगावै कणरली प्रदेश र मदन भण्डारी स्पोर्टस् एकेडेमी ‘रेड’ प्रतियोगिताबाट बाहिरिएका छन् । यी दुई टोलीबिचको खेल शनिबार हुनेछ । शुक्रबारको दोस्रो खेल गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल (एपीएफ) बीच प्रतिस्पर्धा हुनेछ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रीकेट मैदानमा बिहिवारबाट सुरु भएको प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता छ ।

प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’