२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भुर्तेलको शतकमा मधेश प्रदेशलाई ५७ रनले हराउँदै नेपाल पुलिसको विजयी सुरुवात

२०८०, १० मंसिर आईतवार १०:५२

मङ्सिर १०, काठमाडौँ | पोखरामा जारी केपी ओली कप टी-२० प्रतियोगीतामा विभागीय टिम नेपाल पुलिसले आफ्नो विजयी सुरुवात गरेको छ ।

समूह सी को पहिलो खेलमा मधेश प्रदेशलाई ५७ रनले हराउँदै विजयी सुरुवात गरेको हो । पुलिसले दिएको १७६ रनको लक्ष्य पछ्याएको मधेश १८ ।२ ओभरमा अलआयट हुँदै ११८ रन मात्र जोड्न सक्यो ।

उसका लागि रुपेश सिंहले ४०, इमरान शेखले २२ तथा राकेश कामत र रोहन विकले समान १० रन जोडे । बलिङतर्फ पुलिसका करण केसी, रासिद खान, सागर ढकाल, र ललित राजवंशीले समान २ तथा कुशल भुर्तेल र सुनिल धमलाले समान १ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले ओपनर कुशल भुर्तेलको शानदार शतकको मद्दतमा १७५ रनको विशाल लक्ष्य खडा गरेको थियो , उसका लागि भुर्तेलले ५७ बलमा ७ छक्का र ८ चौका हिर्काउँदै १०२ रनको शतकीय पारी खेले । त्यस्तै अर्का ओपनर सुनिल धमलाले ४५ रन जोड्दा अलराउन्डर करण केसीले नटआउट १६ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने