२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कोशी प्रदेशलाई पराजित गर्दै आर्मी सेमिफाइनलमा

२०८०, १२ मंसिर मंगलवार १०:४८

मङ्सिर १२, काठमाडौँ | कोशी प्रदेशलाई ३९ रनले पराजित गर्र्दै त्रिभुवन आर्मी क्लब केपी ओली कप टी–२० क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ ।

पोखरा रंगशालामा टस जितेर ब्याटिङ गरेको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनायो ।

आर्मीले दिएको १८७ रनको लक्ष्य पछ्याएको कोशी १८.२ ओभरमा १४७ रन बनाउँदै अलआउट भएको हो ।

कोशीका लागि ओपनर सोनु अन्सारीले सर्वाधिक ४४ रन बनाए । उनले ३३ बलमा ६ चौका र २ छक्का प्रहार गरे । समिर कार्कीले ३४, सुजन थपलियाले २१ र विकेटकिपर ब्याटर मिनाश थापाले १६ रन बनाए ।

आर्मीका लागि सोमपाल कामी र विवेक यादव समान २/२ विकेट लिए । जितेन्द्र मुखिया, वसिर अहमद, साहब आलम र रोहित पौडेलले समान १/१ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको आर्मीका लागि भीम सार्कीले सर्वाधिक ५६ रन बनाए । भीमले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । ओपनर सन्तोष कार्कीले अर्धशतक बनाउँदै रिटायर हर्ट भए । रोहित पौडेलले २३ र कप्तान विनोद भण्डारीले १७ रन बनाए ।

कोशी प्रदेशका लागि श्रावण यादवले सर्वाधिक ३ विकेट लिए । बायाँ हाते तिव्र गतिका बलर कमल खत्रीले २ विकेट लिए । प्रकाश कार्की र सोनु मण्डलले १/१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने