२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

म्याक्सवेलको उत्कृष्ट ब्याटिङमा भारतविरूद्धको तेस्रो टी-२० खेलमा अस्ट्रेलियाको जित

२०८०, १३ मंसिर बुधबार ०६:३०

मङ्सिर १३, काठमाडौँ  | ग्लेन म्याक्सवेलले उत्कृष्ट ब्याटिङ गर्दा अस्ट्रेलियाले घरेलु टिम भारतविरूद्धको तेस्रो टी-२० खेलमा जित निकालेको छ। 

मंगलबार गुवाहाटीमा भएको खेलमा भारतमाथि अस्ट्रेलियाले ५ विकेटको जित निकालेको हो। यससँगै सिरिजमा अस्ट्रेलियाले भारतको अग्रता २-१ मा झारेको छ। 


मंगलबार भारतले दिएको २२३ रनको लक्ष्य अन्तिम बलमा चौका प्रहार गरेर पूरा गर्ने क्रममा म्याक्सवेलले नटआउट १०४ रन जोडे।

अन्तिम ओभरमा अस्ट्रेलियालाई २१ रन चाहिदा म्याक्सवेलले भारतका प्रसिद्ध कृष्णालाई तेस्रो बलमा छक्का प्रहार गरेपछिको तीन खेलमा लगातार चौका हिर्काएका थिए। उनले ४८ बलमा ८ चौका र ८ छक्का हिर्काए।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले ३ विकेटको क्षतिमा २२२ रन जोडेको थियो।

भारतका लागि रुतुराज गायकवाडले नटआउट १२३ रन जोडे। म्याक्सवेलले उत्कृष्ट ब्याटिङ गर्दा उनको शतक छायाँमा पर्‍यो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने