४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी–२० विश्वकप खेल्ने २० राष्ट्र तय, अफ्रिकी छनोटबाट युगान्डा पहिलो पटक विश्वकपमा

१४ मंसिर २०८०, बिहीबार ११:१२

मङ्सिर १४, काठमाडौँ | आगामी वर्ष वेस्टइन्डिज र अमेरिकामा हुने टी–२० विश्वकप क्रिकेटमा सहभागी हुने सबै टिमको तय भएको छ।

बिहीबार भएको अन्तिम चरणको अफ्रिकी छनोटमा युगान्डाले पहिलो पटक विश्वकपमा स्थान बनाउँदा टेस्ट अनुभवी राष्ट्र जिम्बाब्वे भने विश्वकपमा छनोट हुन असफल भयो। अफ्रिकी छनोटमा नामिबिया र युगान्डाले टी–२० विश्वकपको टिकट पक्का गरेका हुन्।


नामिबियामा जारी आइसिसी टी–२० विश्वकप अफ्रिका छनोटमा युगान्डाले रुवान्डालाई ९ विकेटले हराउँदै शीर्ष दुईमा रहेर २०२४ को टी–२० विश्वकपमा स्थान पक्का गरेको हो।

युगान्डा सिनियर स्तरको पहिलो पटक विश्वकपमा पुगेको हो। यू–१९ टोलीले तीन पटक विश्वकप खेले पनि सिनियर टोली भने छनोट हुन सकेको थिएन। जितको लागि ६६ रनको सामान्य लक्ष्य पाएको युगान्डाले ८.१ ओभरमा १ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।

अफ्रिका छनोटबाट एक खेलअगावै लगातार ५ जितका साथ नामिबिया विश्वकपमा पुगेको थियो। युगान्डा ६ मध्ये ५ खेलमा जित निकाल्दै १० अंकका साथ दोस्रो स्थानमा रहँदै विश्वकपमा पुग्दा जिम्बावे र केन्या भने प्रतियोगिताबाट बाहिरिए।

यी हुन् २०२४ को टी–२० विश्वकप खेल्ने २० राष्ट्रः

एसियाबाट – नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, ओमान

युरोपबाट – इंग्ल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड, आयरल्यान्ड

इस्ट एसिया प्यासिफिकबाट – अस्ट्रेलिया, न्युजिल्यान्ड, पपुवा न्यु गिनी

अमेरिकाबाट – वेस्ट इन्डिज, युएसए, क्यानडा

अफ्रिकाबाट – दक्षिण अफ्रिका, नामिबिया र युगान्डा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’