४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी–२० सिरिज: अस्ट्रेलियालाई ६ रनले हराउँदै भारतले जित्यो सिरिज

१८ मंसिर २०८०, सोमबार ०३:२२

मङ्सिर १८, काठमाडौं | रोमाञ्चक बनेको पाँचौं टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ६ रनले पराजित गरेको छ ।

एक खेल अगाडि नै सिरिज जितेको भारतले अन्तिम खेलमा ६ रनले अस्ट्रेलियालाई पराजित गर्दै ४–१ को जित निकालेको हो ।

सिरिजको अन्तिम खेलको अन्तिम ओभरमा १० रन जोड्न नसक्दा अस्ट्रेलिया ६ रनले पराजित भएको हो । अस्ट्रेलियाले तेस्रो खेल जित्दा भारतले भने पहिलो, दोस्रो र चौथो खेल जित्दै सिरिज जितेको हो ।


चिन्नास्वामी रंगशालामा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको टीम इन्डियाले २० ओभरमा १ सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा अस्ट्रेलियाले ८ विकेट गुमाएर १५४ रन मात्रै बनाउन सक्यो ।

अन्तिम ओभरमा अस्ट्रेलियाका कप्तान म्याथ्यु वेडले दुई बल डट खेले । अर्शदीप सिंहको तेस्रो बलमा उनी श्रेयस अय्यरबाट क्याच भए । उनले १५ बलमा २२ रन जोडेका थिए।

कप्तान वेड आउट भएपछि अन्तिम तीन बलमा १० रन जोड्न नसक्दा अस्ट्रेलिया आठ विकेटको क्षतिमा १५४ रनमा समेटियो । अस्ट्रेलियाका बेन म्याकडरमटले र्वाधिक ५४ रन बनाए । त्यस्तै, ट्राभिस हेडले २८ तथा कप्तान म्याथ्यु वेडले २२ रन बनाए ।

बलिङतर्फ भारतका लागि मुकेश कुमारले ३, अर्शदीप सिंह र रवी विश्नोइले २–२ विकेट लिए ।

टस जितेको अस्ट्रेलियाले फिल्ड रोजेपछि पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा १६० रन बनाएको थियो । भारतका लागि श्रेयष अय्रले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै, अक्षर पटेलले ३१ तथा जितेश शर्माले २४ रन हिर्काएका थिए । अस्ट्रेलियाका लागि जेसन बेरेन्डर्फ र बेन ड्वारसिउसले २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’