यू–१९ एसिया कपमा आज नेपाल अफगानिस्तानसंग खेल्दै

Posted on: 10 Dec, 2023

मङ्सिर २४, काठमाडौँ | एसीसी यू–१९ एसिया कपमा आज नेपाली टिमले अफगानिस्तानसँग खेल खेल्ने भएको छ । प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज दुवै टिमलाई जित्नै पर्ने दबाब छ ।

दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा हुने यो खेल नेपाली समयअनुसार बिहान ११:१५ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो भने अफगानिस्तान भारतसँग सात विकेटले नै पराजित भएको थियो ।

 नेपालले समूह चरणको अन्तिम खेलमा मंसिर २६ गते मंगलबार भारतसँग खेल्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!