४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारतविरुद्ध नेपालको लज्जास्पद ब्याटिङ: जितका लागि ५३ रनको झिनो लक्ष्य

२६ मंसिर २०८०, मंगलवार ०७:४४

मङ्सिर २६, काठमाडौँ |  एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा नेपालले भारतलाई जितका लागि केवल ५३ रनको झिनो लक्ष्य दिएको छ । समूह ‘ए’ अन्तर्गतको उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा अलआउट हुनुअघि ५२ रनमात्र बनाउन सक्यो ।


यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा नेपालले अत्यन्तै फितलो ब्याटिङ गर्‍यो । नेपालका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

नेपालका कुनै पनि ब्याट्सम्यानले बनाएको रनभन्दा अतिरिक्त रूपमा प्राप्त रन बढी रह्यो । नेपालले अतिरिक्त रूपमा १३ रन पाएको थियो । नेपालले अन्तिम विकेटका रूपमा हेमन्त धामी १८ बलमा आठ रन बनाउँदै आउट भए । उनको विकेट राज लिम्बानीले लिए । आकाश चन्द चार रनमा अविजित रहे ।

भारतीय टोलीका बलर राज लिम्बानी एक्लैले सात विकेट लिए । उनले ९.१ ओभरमा तीन मेडन राख्दै केवल १३ रन खर्चिएका थिए । आराध्य शुक्लाले पनि दुई विकेट हात पारे । आर्सिन अतुल कुलकर्णीले एक विकेट लिए । 

यू-१९ क्रिकेटमा हालसम्म बनेको सबैभन्दा कम योगफल भने २२ रन हो । यू-१९ विश्वकपअन्तर्गत सन् २००४ को फेब्रुअरी २२ मा खेलिएको अस्ट्रेलियाविरुद्धको खेलमा स्कटल्यान्डको टोली केवल २२ रनमा अलआउट भएको थियो । त्यो खेलमा स्कटल्यान्डका ब्याट्सम्यानहरू २२.३ ओभरमात्र क्रिजमा टिक्न सकेका थिए । त्यो खेलमा स्कटल्यान्डको रन रेट ०.९७ रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’