३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

१७ वर्षीय मिडफिल्डर वारेनको गोलले पीएसजी नकआउट चरणमा

२८ मंसिर २०८०, बिहीबार ०६:३६

एजेन्सी | फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेको छ । आफ्नो पछिल्लो खेलमा बुधबार राति बलियो जर्मन प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डलाई १–१ गोलको बराबरीमा रोक्दै पीएसजी नकआउट चरणमा पुगेको हो ।

१७ वर्षीय मिडफिल्डर वारेन जाइरे इमरीको गोलका कारण पीएसजीको नकआउट यात्रा सम्भव भएको थियो । पीएसजी प्रभावशाली इङ्लिस प्रतिद्वन्द्वी न्युक्यासल युनाइटेड र इटालियन प्रतिद्वन्द्वी एसी मिलानलाई पछि पार्दै समूह ‘एफ’ बाट नकआउट चरणमा पुगेको हो ।


प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा ६ मिनेटको बिचमा दुबै टोलीले एक–एक गोल गरेका थिए । खेलमा अग्रता भने बोरुसिया डर्टमन्डले लिएको थियो । डर्टमन्डका लागि करिम एडिमीले गोल गरेका थिए ।

यसैगरी निर्धारित समयको ५६औँ मिनेटमा पीएसजीका लागि वारेन जाइरे इमरीले जवाफी गोल गरेका थिए । सोही समूहको अर्को खेलमा एसी मिलानले न्युक्यासलाई २—१ गोलले हराएपछि पीएसजीको नकआउट चरण यात्रा थप सहज बनेको थियो ।

समूह ‘एफ’ मा चारवटै क्लबले ६–६ खेल खेलिसक्दा ११ अंकसहित बोरुसिया लिग लिडरका रुपमा नकआउट चरणमा पुग्यो । तालिकामा दोस्रो भएको पीएसजीले आठ अंक बटुल्यो । एसी मिलानको आठ अंक भए पनि गोलअन्तरमा पीएसजीसँग पछाडि परेको थियो । न्युक्यासलले भने पाँच अंकमात्र बटुल्न सक्यो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’