४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आईपीएल-२०२४: यी ६ खेलाडी जो १० करोड बढीमा बिके

४ पुष २०८०, बुधबार ०७:१७

पुष ४, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को अक्सन पूरा भएको छ।  यो पटकको अक्सनमा विश्वकप विजेता अष्ट्रेलियाका खेलाडीहरुको बोलवाला रह्यो।

विश्वकप विजेता टोलीको सदस्य अनि कठिन अवस्थामा पनि खेललाई फर्काउन सक्ने खुबीका कारण आईपीएलमाउनीहरु महँगो मूल्यमा बिके। उनीहरुलाई किन्न आईपीएलका टोलीहरुले कडै प्रतिस्पर्धा गरे। 

यो अक्सनमा अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले कीर्तिमानी मूल्य पाए। स्टार्कलाई आईपीएल इतिहासकै सर्वाधिक महँगो २४ करोड ७५ लाख भारुमा कोलकाता नाइट राइडर्सले किन्यो। यो नेपाली रुपैयाँ करिब ४० करोड बराबर हो। त्यसअघि सबैभन्दा महँगो बोली अष्ट्रेलियाका कप्तान प्याट कमिन्समा लागेको थियो।

अष्ट्रेलियाका खेलाडीमाथि महँगो बोली लाग्दा दुई खेलाडीले मात्रै ७२ करोड नेपाली रुपैयाँ मूल्य पाए। करोड क्लबमा भारतका हर्ष पटेल परे भने अन्य खेलाडी विदेशी छन्। २०२४ को अक्सनमा १० करोडमाथि मूल्य पाउने ६ खेलाडी यस्ता छन्। 


१. मिचेल स्टार्क- २४ करोड ७५ लाख भारु

अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कलाई कोलकाता नाइट राइडर्सले आईपीएल इतिहासकै सर्वाधिक महँगो मूल्य २४ करोड ७५ लाख भारु झन्डै ४० करोड नेपाली रुपैयाँमा किनेको छ। 

स्टार्कले अक्सनमा न्यूनतम २ करोड भारु राखेका थिए। सुरुवातमा दिल्ली र मुम्बईबीच प्रतिस्पर्धा भएको थियो। ९ करोड ६० लाखपछि दिल्लीले मूल्य लगाउन छाडेको थियो। त्यसपछि कोलकाताले मूल्य लगाएर खरिद गरेको हो। 

२. प्याट कमिन्स- २० करोड ५० लाख भारु

अष्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्सलाई सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारु झण्डै ३३ करोड नेपाली रुपैयाँमा किनेको छ। कमिन्सले तीव्र गतिमा बलिङसँगै तल्लो क्रममा आक्रामक ब्याटिङ पनि गर्ने भएकाले उनलाई खरिदमा प्रतिस्पर्धा भएको थियो। अष्ट्रेलियाले विश्वकप जित्दा उनले महत्वपूर्ण भूमिका निभाएका थिए। 

त्यस्तै अष्ट्रेलियालाई यस पटक विश्वकप उपाधि जिताउन सानदार कप्तानी पनि गरेका थिए।

प्याट कमिन्सले न्यूनतम २ करोड भारु राखेका थिए। उनलाई किन्न चेन्नई र मुम्बईबीच प्रतिस्पर्धा भएको थियो। ५ करोडमा आएर बेंगलोरले पनि मूल्य लगाएको थियो। चेन्नईले ६ करोड ८० लाखमा पुगेर प्याट कमिन्सलाई छाडेको थियो।

३. डर्‍याल मिचेल- १४ करोड भारु अर्थात् २२ करोड नेपाली

न्युजिल्यान्डका स्टार अलराउन्डर डर्‍याल मिचेललाई पाँचौं पटक चेन्नई सुपर किंग्सले १४ करोड भारु (२२ करोड नेपाली रुपैयाँ) मा किनेको छ। अक्सनमा चेन्नई, दिल्ली र पन्जाबबीच प्रतिस्पर्धा भएको थियो।

मिचेलले अक्सनमा १ करोड भारु राखेका थिए। उनलाई किन्न दिल्ली र पन्जाबबीच अक्सनमा कडा प्रतिस्पर्धा भएको थियो। दिल्लीले ११ करोड ५० लाख भारुपछि मूल्य लगाउन छाडेको थियो।

४. हर्षल पटेल- ११ करोड ७५ लाख भारु

भारतीय तीव्र गतिका बलर हर्षल पटेललाई पन्जाब सुपर किंग्सले ११ करोड ७५ लाख भारु (झन्डै १९ करोड नेपाली रुपैयाँ) मा किनेको छ। पटेल रोयल च्यालेन्जर्स बेंगलोरबाट डेथ ओभरमा राम्रो प्रभाव छाडेका कारण यस पटक महँगो मूल्य पाउने खेलाडी बनेका छन्। 

उनले न्यूनतम मूल्य २ करोड राखेका थिए। उनलाई किन्न अक्सनमा गुजरात र पन्जाब किंग्सबीच प्रतिस्पर्धा भएको थियो। ११ करोडमा आएर गुजरातले मूल्य लगाएको थियो। गुजरातले १० करोड ५० लाख भारुमा छाडेको थियो।

५. अल्जारी जोशेफ- ११ करोड ५० लाख भारु

रोयल च्यालेन्जर्स बेंगलोरले वेस्टइन्डिजका तीव्र गतिका बलिङ अलराउन्डर अल्जारी जोशेफलाई ११ करोड ५० लाख भारु (१८ करोड नेपाली रुपैयाँ) मा किन्यो। जोशेफले तीव्र गतिमा बलिङ गर्नुको साथै तल्लो क्रममा राम्रो ब्याटिङ गर्ने गर्छन्। पछिल्लो समय राम्रो लयमा हुँदा उनलाई बेंगलोरले महँगो मूल्य खर्चिएको हो।

न्यूनतम मूल्य २ करोड राखेका जोशेफलाई सुरुवातमा चेन्नई र दिल्लीबीच प्रतिस्पर्धा भएको थियो। त्यसपछि लखनऊ ३ करोड २० लाखबाट मूल्य लगाउन सुरु गरेको थियो। बेंगलोरले ६ करोड ८० लाखबाट मूल्य लगाउन सुरु गरेको थियो।

६. स्पेन्सर जोनसन- १० करोड भारु

अष्ट्रेलियाका बायाँ हाते तीव्र गतिका बलर स्पेन्सर जोनसनलाई गुजरात टाइटन्सले १० करोड भारु (१६ करोड नेपाली रुपैयाँ) मा किनेको छ। दुबईमा जारी अक्सनमा न्यूनतम ५० लाख भारु राखेपनि दिल्ली र गुजरातबीच कडा प्रतिस्पर्धा हुँदा १० करोड भारुमा गुजरातमा पुगेका हुन्।

२८ वर्षीय जोनसन तीव्र गति र स्वींगका लागि चिनिन्छन्। विदेशी लिगमा सानदार प्रदर्शन गर्दै आएका उनले गत अगष्टमा दक्षिण अफ्रिकाविरुद्ध टि-२० आईमा डेब्यू गरेका थिए। उत्कृष्ट गति र स्वींग हुँदा उनले महँगो मूल्य पाएका हुन्।

नयाँ खेलाडी जो महँगोमा बिके

राइली रोसोउ 

पन्जाब सुपर किंग्सले दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर राइली रोसोउलाई इन्डियन प्रिमियर लिग २०२४ को अक्सनमा ८ करोड भारु (झन्डै १३ करोड नेपाली रुपैयाँ) मा किनेको छ। 

न्यूनतम मूल्य २ करोड राखेका उनी सुरुवातमा अनसोल्ड भएका थिए। तर दोस्रो पटक उनलाई पन्जाबले किनेको हो। पन्जाबले किन्दा दिल्लीले पनि मूल्य लगाएपछि उनी महँगो मूल्यमा बिक्री भएका हुन्।

बायाँ हाते ब्याटर रोसोउ टि-२० आईमा लगातार दुई शतक हान्ने पहिलो खेलाडी हुन्। उनी आक्रामक ब्याटिङका लागि चिनिन्छन्।

रचिन रविन्द्र 

चेन्नईले यसअघि न्युजिल्यान्डका अलराउन्डर रचिन रविन्द्रलाई १ करोड ८० लाख भारुमा किनेको थियो। मिचेलले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार अलराउन्ड प्रदर्शन गर्दै आएका छन्।

उनी मध्य क्रममा आक्रामक ब्याटिङसँगै तीव्र गतिमा बलिङ गर्ने गर्दछन्। विशेषगरी अघिल्लो महिना विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि अक्सनमा महँगो मूल्य पाएका हुन्। विश्वकपको सेमिफाइनल खेलमा भारत विरुद्ध १ सय १९ बलमा ९ चौका र ७ छक्कासहित १ सय ३४ रनको सानदार शतकीय इनिङ खेलेका थिए।

त्यस्तै अफगानिस्ताका स्पिनर मुजिब उर रहमानलाई कोलकाताले न्यूनतम २ करोड भारुमा किनेको छ। त्यस्तै न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसनलाई २ करोड न्यूनतम मूल्यमा बेंगलोरले किनेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’