२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालका ब्याट्सम्यान आसिफ र रोहित आईसीसी वरीयतामा हार्दिक पाण्डेयाभन्दा अगाडि

२०८०, ४ पुष बुधबार १२:१६

पुष ४, काठमाडौँ | आईसीसीको पछिल्लो वरीयतामा एकदिवसीय ब्याट्सम्यानतर्फ नेपालका दुई खेलाडी भारतका दुई चर्चित ब्याट्सम्यान हार्दिक पाण्डेया र शिखर धवनभन्दा अगाडि छन् । आईसीसीको पछिल्लो एकदिवसीय ब्याट्सम्यानहरुको वरीयतामा नेपालका आसिफ शेख ७२ औँ र रोहितकुमार पौडेल ७९ औँ स्थानमा छन् ।

उक्त वरीयतामा भारतका शिखर धवन ८७ औँ स्थानमा छन् । उनी अघिल्लो वरीयताको तुलनामा तीन स्थान तल झरेका हुन् । अर्का भारतीय ब्याट्सम्यान हार्दिक पाण्डेया भने ९१ औँ स्थानमा छन् । उनी अघिल्लो वरीयताको तुलनामा एक स्थान तल झरेका हुन् । उनी इन्डियन प्रिमियर लिग क्लब मुम्बई इन्डियन्सका नयाँ कप्तान पनि हुन् ।


यसैगरी नेपालका अर्का ब्याट्सम्यान कुशल भुर्तेल नयाँ वरीयताको ९६ औँ स्थानमा छन् । उक्त वरीयतामा अफगानिस्तानका नजिबुल्लाह जदरान ८०औँ, अफगानिस्तानकै मोहम्मद नाबी ८१औँ र वेस्ट इन्डिजका ब्रान्डन किङ ८२ औँ स्थानमा छन् । पछिल्लो एकदिवसीय ब्याटिङ वरीयतामा पाकिस्तानका बाबर आजम पहिलो स्थानमा उक्लिएका छन् । उनी भारतका युवा ब्याट्सम्यान शुभमन गिललाई पछि पार्दै पहिलो स्थानमा उक्लिएका हुन् । भारतका विराट कोहली तेस्रो र रोहित शर्मा चौथो स्थानमा आसिन छन् ।

यसैगरी अस्ट्रेलियाका डेभिड वार्नर पाँचौँ, न्युजिल्यान्डका ड्यारल मिचेल छैटौँ, आयरल्यान्डका ह्यारी टेक्टर सातौँ, दक्षिण अफ्रिकाका रासी भान डर डुसान आठौँ, इङ्ल्यान्डका डेविड मलान नवौँ र दक्षिण अफ्रिकाका हेनरिच क्लासन दशौँ स्थानमा छन् । यसैगरी एकदिवसीय बलिङ वरीयतामा नेपालका लेग–स्पिनर सन्दीप लामिछाने ३२ औँ स्थानमा छन् । वेस्ट इन्डिजका चर्चित खेलाडी अल्जारी जोसेफ ३३ औ, श्रीलंकाका दिलसान मदुसानका ३५ औँ, इङ्ल्यान्डका रिसे टपली ३७औँ, बंगलादेशका मेहदी हसन ३८ औँ र पाकिस्तानका मोहम्मद वसिम ४१ औँ स्थानमा छन् ।

एकदिवसीय बलिङ वरीयतामा दक्षिण अफ्रिकाका केशव महाराज पहिलो, अस्ट्रेलियाका जोस हेजलउड दोस्रो, भारतका मोहम्मद सिराज तेस्रो, अस्ट्रेलियाका एडम जाम्पा चौथो, भारतका जसप्रित बुमराह पाँचौँ, अफगानिस्तानका रासिद खान छैटौँ, न्युजिल्यान्डका ट्रेन्ट बोल्ट सातौँ, भारतका कुलदीप यादब आठौँ, पाकिस्तानका साहिन शाह अफरिदी नवौँ र अफगानिस्तानका मोहम्मद नाबी दशौँ स्थानमा आसिन छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ