४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

खेलका क्रममा पाखुरामा ‘कालो पट्टी’ बाँधेपछि अस्ट्रेलियन क्रिकेटरलाई आईसीसीको चेतावनी

६ पुष २०८०, शुक्रबार ०७:११

पुस ६, काठमाडौँ | अस्ट्रेलियन क्रिकेटर उसमान ख्वाजा खेलका क्रममा पाखुरामा कालो पट्टी बाँधेपछि विवादमा परेका छन् । उनलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले चेतावनी पनि दिएको छ । ३७ वर्षीय ख्वाजा पाकिस्तानविरुद्धको पहिलो टेस्टका क्रममा पाखुरामा कालो पट्टी बाँधेर मैदानमा ओर्लिएका थिए ।


गाजामा सर्वसाधारणमाथि भइरहेको आक्रमणको विरोध गर्दै उनले पाखुरामा कालो पट्टी बाँधेका हुन् । आईसीसीले ख्वाजामाथि पोशाक सम्बन्धी नियम उल्लङ्घन गरेको आरोप लगाएको छ । यद्यपि पाकिस्तानविरुद्धको दोस्रो टेस्ट खेल्न आईसीसीले उनलाई रोक लगाएको छैन ।

अस्ट्रेलिया र पाकिस्तानबिचको दोस्रो टेस्ट डिसेम्बर २६ तारिखमा सुरु हुँदै छ । यदि दोस्रो टेस्टका क्रममा पनि पाखुरामा कालो पट्टी बाँधे भने उनी प्रतिबन्धमा पर्नेछन् । आईसीसीको अनुमति नलिई खेलका क्रममा कुनै पनि खेलाडीले आफ्नो पोशाकमा कुनै परिवर्तन गर्न पाउँदैन ।

इजराइल–गाजा द्वन्द्वका क्रममा हालसम्म गाजामा २० हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको समाचारहरुले जनाएका छन् । हमासले गत अक्टोबर ७ तारिखमा इजरायलमा रकेट आक्रमण गरेको थियो । त्यसको जवाफमा इजरायलले लगातार गाजामा आक्रमण गरिरहेको छ ।  

आईसीसीको नियमअनुसार, अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा कुनै पनि खेलाडीले राजनीति, धार्मिक, जातीय र रंगभेदी ब्यवहार दर्शाउने गतिविधि गर्न पाउँदैनन् । पाकिस्तानको इस्लामाबादमा जन्मिएका ख्वाजाले भने आफूले मानवताको समर्थन गर्दै हातमा कालो पट्टी बाँधेको दाबी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’