२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

खेलका क्रममा पाखुरामा ‘कालो पट्टी’ बाँधेपछि अस्ट्रेलियन क्रिकेटरलाई आईसीसीको चेतावनी

२०८०, ६ पुष शुक्रबार ०७:११

पुस ६, काठमाडौँ | अस्ट्रेलियन क्रिकेटर उसमान ख्वाजा खेलका क्रममा पाखुरामा कालो पट्टी बाँधेपछि विवादमा परेका छन् । उनलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले चेतावनी पनि दिएको छ । ३७ वर्षीय ख्वाजा पाकिस्तानविरुद्धको पहिलो टेस्टका क्रममा पाखुरामा कालो पट्टी बाँधेर मैदानमा ओर्लिएका थिए ।


गाजामा सर्वसाधारणमाथि भइरहेको आक्रमणको विरोध गर्दै उनले पाखुरामा कालो पट्टी बाँधेका हुन् । आईसीसीले ख्वाजामाथि पोशाक सम्बन्धी नियम उल्लङ्घन गरेको आरोप लगाएको छ । यद्यपि पाकिस्तानविरुद्धको दोस्रो टेस्ट खेल्न आईसीसीले उनलाई रोक लगाएको छैन ।

अस्ट्रेलिया र पाकिस्तानबिचको दोस्रो टेस्ट डिसेम्बर २६ तारिखमा सुरु हुँदै छ । यदि दोस्रो टेस्टका क्रममा पनि पाखुरामा कालो पट्टी बाँधे भने उनी प्रतिबन्धमा पर्नेछन् । आईसीसीको अनुमति नलिई खेलका क्रममा कुनै पनि खेलाडीले आफ्नो पोशाकमा कुनै परिवर्तन गर्न पाउँदैन ।

इजराइल–गाजा द्वन्द्वका क्रममा हालसम्म गाजामा २० हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको समाचारहरुले जनाएका छन् । हमासले गत अक्टोबर ७ तारिखमा इजरायलमा रकेट आक्रमण गरेको थियो । त्यसको जवाफमा इजरायलले लगातार गाजामा आक्रमण गरिरहेको छ ।  

आईसीसीको नियमअनुसार, अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा कुनै पनि खेलाडीले राजनीति, धार्मिक, जातीय र रंगभेदी ब्यवहार दर्शाउने गतिविधि गर्न पाउँदैनन् । पाकिस्तानको इस्लामाबादमा जन्मिएका ख्वाजाले भने आफूले मानवताको समर्थन गर्दै हातमा कालो पट्टी बाँधेको दाबी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने