४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मुजिब उर रहमानसहित तीन क्रिकेटरलाई अफगानिस्तानले गर्‍याे व्यवसायिक क्रिकेट खेल्न कडाइ

१० पुष २०८०, मंगलवार ०९:१३

पुस १०, काठमाडौँ | अफगानिस्तान क्रिकेट बोर्डले मुजिब उर रहमानसहित तीन क्रिकेटरलाई आगामी दुई वर्षका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नदिने निर्णय गरेको छ ।

फजाल हक फारुकी र नवीन उल हकमाथि पनि कडाइ गरिएको हो । राष्ट्रिय टोलीलाई कम महत्व दिएर व्यवसायिक क्रिकेटमा ध्यान दिएको उनीहरुमाथि आरोप लागेको छ । व्यवसायिक क्रिकेट प्रतियोगितामा सहभागी हुने कुनै पनि देशको क्रिकेट बोर्डको एनओसी अनिवार्य हुन्छ ।


अफगानिस्तान क्रिकेट बोर्डका अनुसार यी तीनै जना खेलाडीले बोर्डसँगको वार्षिक केन्द्रीय सम्झौता बाहिर आफूहरुलाई राख्न आग्रह गरेका थिए । व्यवसायिक क्रिकेटमा बढी समय दिन उनीहरुले त्यस्तो आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

राष्ट्रिय जिम्मेवारीलाई भुलेर व्यक्तिगत रुचिमा बढी ध्यान दिएको ठहर गर्दै बोर्डले उनीहरुलाई अनुशासन कारबाही गरेको हो । यसअघि यस विषयमा छानबिन गर्न त्यहाँको बोर्डले समिति बनाएको थियो । मुजिब, फारुकी र नवीन तीनै जना इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने खेलाडी हुन् । मुजिब हाल बिग बास लिग क्रिकेट खेलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’