२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मुजिब उर रहमानसहित तीन क्रिकेटरलाई अफगानिस्तानले गर्‍याे व्यवसायिक क्रिकेट खेल्न कडाइ

२०८०, १० पुष मंगलवार ०९:१३

पुस १०, काठमाडौँ | अफगानिस्तान क्रिकेट बोर्डले मुजिब उर रहमानसहित तीन क्रिकेटरलाई आगामी दुई वर्षका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नदिने निर्णय गरेको छ ।

फजाल हक फारुकी र नवीन उल हकमाथि पनि कडाइ गरिएको हो । राष्ट्रिय टोलीलाई कम महत्व दिएर व्यवसायिक क्रिकेटमा ध्यान दिएको उनीहरुमाथि आरोप लागेको छ । व्यवसायिक क्रिकेट प्रतियोगितामा सहभागी हुने कुनै पनि देशको क्रिकेट बोर्डको एनओसी अनिवार्य हुन्छ ।


अफगानिस्तान क्रिकेट बोर्डका अनुसार यी तीनै जना खेलाडीले बोर्डसँगको वार्षिक केन्द्रीय सम्झौता बाहिर आफूहरुलाई राख्न आग्रह गरेका थिए । व्यवसायिक क्रिकेटमा बढी समय दिन उनीहरुले त्यस्तो आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

राष्ट्रिय जिम्मेवारीलाई भुलेर व्यक्तिगत रुचिमा बढी ध्यान दिएको ठहर गर्दै बोर्डले उनीहरुलाई अनुशासन कारबाही गरेको हो । यसअघि यस विषयमा छानबिन गर्न त्यहाँको बोर्डले समिति बनाएको थियो । मुजिब, फारुकी र नवीन तीनै जना इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने खेलाडी हुन् । मुजिब हाल बिग बास लिग क्रिकेट खेलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो