५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

गुल्शनको शतकमा स्कटल्याण्डमाथि नेपालको फराकिलो जित

२४ पुष २०८०, मंगलवार ०६:०३

पुस २४, काठमाडौँ | आईसीसी यू–१९ विश्वकप क्रिकेट खेल्न दक्षिण अफ्रिकामा रहेको नेपाली टिमले अनौपचारिक वार्मअप खेलमा स्कटल्याण्डलाई पराजित गरेको छ । सोमबार राति सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई १३५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

नेपालले दिएको २८५ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड ४३.२ ओभरमा अल आउट हुँदै १४९ रन मात्र बनाएको थियो । नेपालका लागि तिलक भण्डारीले ३ तथा आकाश चन्दले २ विकेट लिएका थिए ।    


यसअघि नेपालले पहिले ब्याटिङ गर्दै ४९.२ ओभरमा अलआउट हुँदै २८४ रन बनाएको थियो । नेपालका लागि सिनियर टिमकासमेत भरपर्दा खेलाडी रहेका गुल्शन झाले ११५ बलमा ११४ रन बनाएका थिए ।  त्यस्तै दिपक बोहराले ५४ बलमा अविजित रहँदै ५८ रन बनाएका थिए । 

नेपाल यस विश्वकपमा समूह डी मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्यूजिल्यान्ड रहेका छन् । नेपालले विश्वकपमा पहिलो खेल जनवरी २१ मा न्यूजिल्यान्डसँग खेल्नेछ । यस्तै जनवरी २४ मा पाकिस्तानसँग र जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने छ ।

विश्वकप खेल्ने नेपाली टिम–

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा,  दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी,  दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल,  तिलकराज भण्डारी र आकाश चन्द ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह