२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्रिकेट कप्तान रोहितले छोडे आर्मी क्लब

२०८०, २६ पुष बिहीबार ११:१४

पुस २६, काठमाडौँ | नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले त्रिभुवन आर्मी क्लब छाड्ने भएका छन् । पौडेलले क्लबमा करार नवीकरण नगर्ने निर्णय सुनाएको नेपाली सेना स्रोतले जानकारी दियो ।

‘उहाँले अब आर्मीबाट नखेल्ने जानकारी गराउनु भएको छ । करारमा भएका खेलाडीले भएकाले उहाँको यो व्यक्तिगत निर्णय हो’, आर्मी स्रोतले भन्यो । घरेलु क्रिकेट प्रतियोगिता खेल्न चार वर्षअघि रोहित आर्मीमा आबद्ध भएका थिए। यसबीचमा उनी करारमा थिए ।

स्रोतका अनुसार उनलाई आर्मीमै भर्ना पनि गर्न खोजिएको थियो । ‘गत वर्ष उहाँलाई आर्मीमै आबद्ध गर्ने विषयमा कुराकानी पनि भएको थियो । यो वर्ष गर्ने कुरा भइरहँदा उनले अब निरन्तरता दिन नसक्ने जानकारी गराउनु भयो’, आर्मी स्रोतले भन्यो ।

रोहितले अब घरेलु क्रिकेट कहाँबाट खेल्छन् भन्नेबारे केही खुलेको छैन । रोहित एक वर्षयता नेपाली राष्ट्रिय टोलीको कप्तान रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने