२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रधानमन्त्री कप क्रिकेटमा मधेस प्रदेशले सजिलै हरायो कोशी प्रदेशलाई

२०८०, २८ पुष शनिबार १०:००

पुस २८, काठमाडौँ | आजदेखि शुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । 

शनिबार मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा कोशी प्रदेशले दिएको १२८ रनको लक्ष्य पछाएको मधेश प्रदेशले २०.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । मधेशको जितमा अनिल शाहले सर्वाधिक ५४ बलमा ८८ रनको महत्वपूर्ण पारी खेलेका थिए ।

कोशीका लागि बलर सोनु मण्डलले २ तथा सुजन थपलियाले १ विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको कोशी प्रदेशले ४१ ओभरमा अल आउट हुँदै १२७ रन मात्र बनाएको थियो ।

कोशीका लागि फिरदोश अनसारीले ७१ बलमा ४१ रन बनाए भने कप्तान अंकित सुवेदीले ५० बलमा ४० रनको योगदान दिएका थिए । 

मधेसका लागि बलर प्रदीप पासवानले ३ तथा राजेश यादव, रञ्जित कुमार र पवन शर्राफले २–२ विकेट लिए । विशाल पटेलले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने