२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रधानमन्त्री कप: बागमती प्रदेशले आर्मी क्लबलाई तीन विकेटले हरायो

२०८०, ३ माघ बुधबार ०९:२८

माघ ३, काठमाडौं | प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा बागमतीले नेपाल आर्मी क्लबलाई तीन विकेटले पराजित गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा बुधबार ९८ रनको लक्ष्य पछ्याएको बागमतीको सुरुवात भने राम्रो भएन । ५४ रन बनाउँदा ५ विकेट गुमाएको स्थितिबाट सम्हालिँदै बागमतीले ९८ रनको लक्ष्य २२.१ ओभरमा ७ विकेट गुमाएर पार गरेको हो । २३ ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै प्रतिस जिसिले बागमतीको जित सुनिश्चित गरेका थिए । उनी २१ रनमा अविजित रहे । अशोक पौडेलले पनि २१ रन नै बनाए।

आर्मीका लागि सोमपाल कामीले ३, जितेन्द्र मुखियाले र शाहब आलमले २-२ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको आर्मी क्लबले २७.१ ओभरमा ९७ रनमा अलआउट भएको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले २८, भीम सार्कीले १८ र विवेक यादवले ११ रन बनाए । आर्मीका ६ खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

बागमतीका लागि बलर सूर्य तामाङले ५ विकेट लिए। उनले अघिल्लो खेलमा पनि ह्याट्रिकसहित ६ विकेट लिएका थिए । त्यस्तै, प्रतिस जिसी र रिजन ढकालले २–२ तथा कृजन गुरुङले १ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी