३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

वेस्टइन्डिजविरुद्ध अस्ट्रेलिया ८ विकेटले विजयी

१९ माघ २०८०, शुक्रबार ११:०३

माघ १९, काठमाडौँ | अस्ट्रेलियाले वेस्टइन्डिजविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । शुक्रबार मेलवर्न क्रिकेट मैदानमा सम्पन्न एकदिवसीय सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गर्दै सिरिजमा विजयी सुरुवात गरेको हो ।


वेस्टइन्डिजले दिएको २३२ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ३८.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अस्ट्रेलियाको जितमा कप्तान स्टिभ स्मिथले सर्बाधिक ७९, क्यामरुन ग्रीनले ७७ र जोश इंगलिसले ६५ रन बनाएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको वेस्टइन्डिजले ४८.४ ओभरमा अल आउट हुदै २३१ रन बनाएको थियो । वेस्टइन्डिजका लागि किसी कार्टीले सर्बाधिक ८८ तथा रोस्टन चेजले ५९ रनको योगदान गरेका थिए । त्यस्तै अस्ट्रेलियाका बलर जेभियर बार्टलेटले सर्बाधिक ४ विकेट लिएका थिए ।  जेभियर अस्ट्रेलियाका लागि डेभ्यु खेलमै खेलको प्लेयर अफ द म्याच बनेका थिए ।

यो जितपछि ३ खेलको सिरिजमा अस्ट्रेलिया १-० ले अगाडी भएको छ भने अब सिरिजको दोस्रो खेल आइतबार सिड्नीमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’