२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आइएल टी-२० खेल्न युएई लागे दीपेन्द्र, लिग २ मा उपलब्ध होलान् ?

२०८०, २६ माघ शुक्रबार ०६:१६

माघ २६, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइएल टी–२० प्रतियोगिता युएई प्रस्थान गरेका छन् । उनी बिहीबार मात्रै सो प्रतियोगिताका लागि गल्फ जायन्ट्स टिममा आबद्ध भएका थिए ।

जारी प्रतियोगितामा दीपेन्द्र सम्मिलित जायन्ट्सले हालसम्म ९ खेल खेलिसकेको छ । त्यसमध्ये ५ खेलमा जित र ४ खेलमा हारसहित १० अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा छ । लिग चरणमा एक खेल मात्रै खेल्न बाँकी रहँदा गल्फ जायन्ट्सको प्ले अफमा पुग्ने सम्भावना भने बलियो छ ।

गल्फ जायन्ट्सले लिग चरणको अन्तिम खेल शनिवार खेल्दैछ । उक्त खेलमा दीपेन्द्र उपलब्ध हुनेछन् । त्यसपछि आउँदो मङ्गलवारदेखि प्ले अफका खेलहरू सुरु हुन्छन् ।

यूएईमा खेल्न जाने भएकाले नै दीपेन्द्रलाई क्यानडाविरुद्धको सिरिजमा टोलीमा राखिएको थिएन । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सिरिजमा भने उनी समेटिएका छन् ।

क्यानाडासँगको सिरिज सकिएपछि नेपालले घरेलु भूमिमा लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्डविरुद्ध सिरिज खेल्नेछ । उक्त सिरिजमा एक टिमले ४ खेल खेल्नेछन् । सिरिज फेब्रुअरी १५ देखि २५ सम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

नेपालले पहिलो खेल नामिबियासँग फेब्रुअरी १५ र दोस्रो खेल नेदरल्यान्डसँग फेब्रुअरी १७ मा खेल्नेछ । नेपालले तेस्रो खेल फेब्रुअरी २१ मा नामिबिया र फेब्रुअरी २५ मा नेदरल्यान्डको सामना गर्नेछ ।

दीपेन्द्र सहभागी आइएल टी–२० को प्ले अफका खेलहरू फेब्रुअरी १३ देखि सुरु हुनेछन् भने फाइनल खेल फेब्रुअरी १७ मा हुनेछ । दीपेन्द्र सम्मिलित टिम गल्फ जायन्टस प्ले अफबाट अगाडि बढेको खण्डमा दीपेन्द्रले सुरुवातका दुई खेल गुमाउने देखिन्छ । खेल एकै समयमा भएको खण्डमा आइएल टी–२० छोडेर आउँछन् कि लिग २ का दुई खेलमा अनुपस्थित रहन्छन् भन्नेबारे नेपाल क्रिकेट संघले कुनै निर्णय सार्वजनिक गरेको छैन ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले दीपेन्द्रसँग सल्लाह गरेर निर्णय लिने बताए । यदि उनको क्लब अगाडि बढेको खण्डमा दीपेन्द्रले लिग २ का एक–दुई खेल गुमाउन सक्ने चन्दको भनाइ छ ।

‘अहिलेसम्म त हामी उनी उपलब्ध हुन्छन् भन्ने नै आशा छौं । तर, आइएल टी-२० पनि दीपेन्द्रका लागि राम्रो प्लेटफर्म हो । त्यहाँ उनले अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूसँग खेल्दैछन् । उनको त्यो अनुभव नेपालको टी–२० मा काम लाग्छ । त्यसैले लिग २ का १ वा २ खेल मिस गर्न सक्ने सम्भावना पनि छ । यस बारे छलफल गर्नेछौँ ।’ उनले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ