भदौ १३, काठमाडौँ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, काठमाडौँ । "/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाली खेलाडीको टी–२० ब्याटिङ वरीयता खस्कियो

२०८१, १३ भाद्र बिहीबार १०:०९

भदौ १३, काठमाडौँ । नेपाली खेलाडीको आईसीसी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको ब्याटिङ वरीयता खस्किएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो ब्याटिङ वरीयतामा नेपालका कप्तान रोहित पौडेल एक स्थान तल झर्दै ६१औं स्थानमा पुगेका छन् । यस्तै दीपेन्द्रसिंह ऐरी दुई स्थान तल झर्दै ४६औं, आसिफ शेख दुई स्थान तल झर्दै ७३औं स्थानमा पुगेका छन् । टी–२० ब्याटिङ वरीयतामा अस्ट्रेलियाका ट्राभिस हेड शीर्ष स्थानमा, भारतका सूर्यकुमार यादव दोस्रो स्थानमा र इङ्गल्यान्डका फिल साल्ट तेस्रो स्थानमा यथावत् छन् ।


यसैगरी टी–२० बलिङ वरीयतामा सोमपाल कामी ९३औं र दीपेन्द्रसिंह ऐरी ९७औं स्थानमा यथावत् छन् । यो वरीयतामा इङ्गल्यान्डका आदिल रशिद शीर्ष स्थानमा छन् भने वेस्ट इन्डिजका अकेल होसेन चार स्थान सुधार गर्दै दोस्रो र वेस्ट इन्डिजकै गुदाकेश मोटी १० स्थान सुधार गर्दै तेस्रो स्थानमा आइपुगेका छन् ।

यसैगरी टी–२० वरीयताको अलराउन्डरतर्फ गुल्सन झा र कुशल भुर्तेल समान दुई स्थान सुधार गर्दै क्रमशः ६९औं र ७०औं स्थानमा आइपुगेका छन् । यस्तै करण केसी एक स्थान सुधार गर्दै ७५औं स्थानमा आइपुगेका छन् भने दीपेन्द्रसिंह ऐरी सातौं, कुशल मल्ल ३७औं र कप्तान रोहित पौडेल ५५औं स्थानमा यथावत् छन् । यो वरीयतामा अस्ट्रेलियाका मार्कस स्टोइनिस शीर्ष स्थानमा, जिम्बावेका सिकन्दर राजा दोस्रो स्थानमा र बङ्गलादेशका शाकिब अल हसन तेस्रो स्थानमा यथावत् छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा