२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अनुशा बास्केटबल टिमको नयाँ कप्तान

१८ भाद्र २०८१, मंगलवार ०८:५१

भदौ १८, काठमाडौँ । नेपाली महिला बास्केटबलको नयाँ कप्तानमा अनुशा मल्ल ठकुरी नियुक्त भएकी छन् । नेपाल बास्केटबल संघ (नेबा) ले यही सेप्टेम्बरमा भुटानमा हुने ट्राई नेसन्स महिला बास्केटबल प्रतियोगिताको लागि अनुशालाई कप्तान चयन गरेको हो ।

नेबाले मंगलबार आफ्नो सामाजिक सञ्जालमार्फत अनुशालाई कप्तान नियुक्त गरिएको जनाएको छ । नेबाका अध्यक्ष भीमसिंह गुरुङले हाल टोलीमा रहेका खेलाडीमध्ये अनुभवी अनुशालाई नेतृत्वको जिम्मेवारी दिएको बताए ।


करिब एक दशकदेखि नेपाली टिममा रहेकी अनुशा मल्ल अहिले टिममा सबैभन्दा अनुभवी खेलाडीको रुपमा छन् । सन्२०१२ देखि नेपालको लागि खेल्न थालेकी अनुशाले दुई पटक साबा बास्केटबलमा रजत जितेकी छन् ।

यस्तै २०१९ मा भएको १३औं सागमा नेपालले रजत जित्दा उनी टिमको सदस्य थिइन् । अनुशाले यसअघि सन् २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाडमा नेपालको थ्री बाई थ्री टिमको कप्तानी गरेकी थिइन् ।

यसअघि उनी राष्ट्रिय टिमकी उपकप्तान समेत थिइन् । पहिलो पटक फुल कोर्टको टिमको कप्तानी सम्हान लागेकी अनुशाले त्यो जिम्मेवारी राम्रो पूरा गर्न प्रयास गर्ने बताइन् । ‘मेरो कप्तानीमा जिम्मेवारी धेरै छ । टिमलाई लिड गर्ने देखि अन दी कोर्ट र अफ द कोर्ट लिड गर्नुपर्छ’, उनले भनिन्, ‘राम्रो लिडर भएर देखाउन सक्दो प्रयास गर्नेछु र टिमवर्कको रुपमा राम्रो नतिजा ल्याउने आशा छ ।’

नेपाल, भुटान र बंगालदेश सम्मिलित ट्राई नेसन्स कप बास्केटबल यही सेप्टेम्बर २५ देखि सुरु हुनेछ । जहाँ नेपालले उपाधि जित्ने लष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर