१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

के विश्व फुटबलमा रोनाल्डो र मेसीको ‘इरा’ सकिएको हो ?

२१ भाद्र २०८१, शुक्रबार ०३:५०

भदौ २१, काठमाडौँ । विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीको इरा सकिएको विश्लेषण शुरु भएको छ ।

हालै विश्व फुटबलको प्रतिष्ठित अवार्ड बेलुन डो अर अवार्डको मनोनयन सार्बजनिक हुदा सो सूचीमा रोनाल्डो र मेसीको नाम नभएपछि अब दुवैको २१ बर्ष लामो विश्व फुटबलमा दबदबा अन्त्य भएको विश्लेषण हुन थालेको हो । 

विश्व फुटबलका पछिल्ला २१ बर्षमा पहिलो पटक बेलुन डो अरको मनोनयनमा रोनाल्डो र मेसी छैनन् । २००३ देखि यता पहिलो पटक रोनाल्डो र मेसी दुवै जना एकै पटक बेलुन डो अरको मनोनयनमा नपरेका हुन् ।

मेसीले अहिलेसम्म सबैभन्दा बढी ८ पटक बेलुन डो अर उपाधि जितेका छन् । मेसीले अघिल्लो बर्षनै अन्तिम पटक यो अवार्ड जितेका थिए । त्यस्तै रोनाल्डोले ५ पटक यो अवार्ड जितेका छन् । रोनाल्डोले पछिल्लो पटक यो अवार्ड २०१७ मा जितेका थिए । 

गत बर्ष दुवैले पहिलो पटक युरोपियन फुटबलबाट बाहिरिएका थिए । २०२३ को जनवरीमा रोनाल्डो साउदी प्रो लिगमा गएका थिए भने २०२३ को जुनमा मेसी अमेरिकन लिग खेल्न इन्टर मियामी पुगे ।

अहिले साउदी प्रो लिगमा रोनाल्डो र अमेरिकन लिगमा मेसी रमाइरहेका  छन् । रोनाल्डोले गत बर्ष ५० गोल गरे भने मेसीले इन्टर मियामीलाई अहिलेसम्मकै पहिलो लिग कप जिताए ।

३९ बर्षिय रोनाल्डो अहिले पनि अल नासर र राष्ट्रिय टिम पोर्चुगलका लागि सक्रिय रुपमा खेलिरहेका छन् । त्यस्तै मेसी भने इन्जुरिका कारण अर्जेन्टिनाको राष्ट्रिय टिमबाट अहिले बाहिर छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का