२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अभ्यास खेलमा नेपाल क्यानडाको एचपी जागर्ससंग ६६ रनले विजयी

२९ भाद्र २०८१, शनिबार ०६:४१

भदौं २९, काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको अभ्यास खेलमा नेपालले क्यानडाको एचपी जागर्सलाई ६६ रनले हराएको छ ।

नेपालले दिएको २४८ रनको लक्ष्य पछ्याएको जागर्सले ३९ ओभरमा  अल आउट  हुदै १८१ रन मात्र बनायो । जागर्सका लागि अजयविर सिंहले ५५ रन, नदिम मजिर  २९ र अनुप चिमाले १९ रन बनाए ।

नेपालका लागि  स्पिनर ललित नारायण राजवंशीले ४ विकेट लिए भने  सन्दीप लामिछाने ३, करण केसी र कुशल मल्लले १-१ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको नेपालले ४७.५ ओभरमा २४७ रन बनाएर अल आउट भएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेल ६० बलमा ६ चौकासहित ४१ रन बनाए भने आसिफ शेख १९, अर्जुन साउँद ८, भीम सार्की २१ र रोहितकुमार पौडेल ३३ रन बनाएका थिए | त्यस्तै, आरिफ शेख एक, कुशल मल्ल ९ रन, अनिल शाहले ४७, गुलशन झ १९ र दीपेन्द्रसिंह ऐरीले ११ रन बनाए ।

जागर्सका जसकरण बटर, इफरान शादत र शाहिल पटेलले २-२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव