२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्यानडा टूरमा नेपालको प्रदर्शन निराशाजनक, यस्ता छन् नेपालको अबको लिग २ का सिरिजहरू!

९ आश्विन २०८१, बुधबार १२:०३

असोज ९, काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेल मंगलबार वर्षाका कारण रद्द भएको छ। यससँगै नेपालले क्यानडा टूरमा एक अंक जोड्न सफल भएको छ। क्यानडा टूरमा नेपाललाई ८ अंक जोड्ने अवसर थियो, तर नेपालले कुनै पनि खेल जित्न सकेन।

नेपालले घरेलु टोली क्यानडासँग दुबै खेलमा हार व्यहोरेको छ भने ओमानसँगको खेल पानीका कारण रद्द भएको हो। यसअघि फेब्रुअरीमा, नेपालले घरेलु मैदानमा नामिबियासँग दुबै खेलमा हार र नेदरल्यान्ड्ससँग एक खेल जितेको थियो।

नेपालको अबको लिग २ का सिरिजहरू यस प्रकार छन्:

२०२४, अक्टोबर नोभेम्बर अमेरिका: नेपाल, अमेरिका र स्कटल्यान्ड

२०२५ मे स्कटल्यान्ड: स्कटल्यान्ड, नेदरल्यान्ड्स र नेपाल

२०२५ अक्टोबर युएई: युएई, अमेरिका र नेपाल

२०२५ नोभेम्बर नेपाल: नेपाल, ओमान र युएई

२०२६ अगष्ट नेदरल्यान्ड्स: नेदरल्यान्ड्स, नेपाल र नामिबिया

२०२६ अक्टोबर ओमान: ओमान, क्यानडा र नेपाल

२०२६ नोभेम्बर नेपाल: नेपाल, स्कटल्यान्ड र अमेरिका

लिग–२ मा कुल ८ देश सहभागिता जनाउँदैछन्, र एक देशले कुल ३६ खेल खेल्नेछ। नेपालले सन् २०२७ सम्म नम्बर वान एसोसिएट देश बन्ने लक्ष्य राखेको छ, तर हालसम्मको प्रदर्शनले यो लक्ष्य सहज देखिँदैन।


लिग–२ का शीर्ष चार देशले २०२७ मा हुने एकदिवसीय विश्वकप छनोटमा सोझै पुग्नेछन्। हाल नेपालले प्रारम्भिक ८ खेलमध्ये ६ मा हार व्यहोरेको छ, जसले शीर्ष चारमा पुग्ने सम्भावनालाई कठिन बनाएको छ। अब नेपालले १८/१९ खेल जित्नुपर्ने हुन्छ।

अर्को चुनौती भनेको अमेरिका, नेदरल्यान्ड्स र स्कटल्यान्ड जस्ता कठिन भ्रमण गर्नु हो। यदि नेपाल शीर्ष चारमा पर्न सकेन भने, लिग–२ का पुछारका टोलीले विश्वकप छनोट खेल्नको लागि अन्तिम अवसरको रूपमा प्लेअफ क्वालिफायर खेल्न पाउनेछन्।

आईसीसी विश्वकप लिग–२ को हालको अंक तालिकामा क्यानडा ११ खेलमा ७ जित र ४ हारका साथ १४ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानमा अमेरिका ८ खेलमा ६ जित र २ हारका साथ १२ अंकमा छ।

हालको अंक तालिका यसप्रकार छ:

क्यानडा: ११ खेल, ७ जित, ४ हार, १४ अंक

अमेरिका: ८ खेल, ६ जित, २ हार, १२ अंक

नेदरल्यान्ड्स: ८ खेल, ६ जित, २ हार, १२ अंक (नेट रन रेटका आधारमा तेस्रो)

स्कटल्यान्ड: ७ खेल, ४ जित, २ हार, ९ अंक

नामिबिया: ११ खेल, ४ जित, ७ हार, ८ अंक

ओमान: ७ खेल, २ जित, ३ हार, ६ अंक

नेपाल: ८ खेल, १ जित, ६ हार, ३ अंक

युएई: ६ खेल, १ जित, ५ हार, २ अंक

नेपालको आगामी यात्रा २०२७ को एकदिवसीय विश्वकपमा प्रतिस्पर्धा गर्नको लागि कतिको सफल रहन्छ, हेर्न बाँकी छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा