२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

साउथीले राजीनामा दिएपछि लाथम बने न्यूजील्याण्डको टेस्ट कप्तान

२०८१, १६ आश्विन बुधबार ०८:२९

असोज १६, काठमाडौँ । न्युजिल्यान्डका टेस्ट कप्तान टिम साउथीले राजीनामा दिएका छन् । न्यूजील्याण्ड क्रिकेट बोर्डले साउथीले राजीनामा दिएको जानकारी दिएको हो ।

राजीनामा दिदै साउथीले भनेका छन्- 'मैले टोलीको हितमा कप्तानी छोड्ने निर्णय गरेको छु । न्युजिल्यान्डको कप्तान मेरा लागि विशेष रह्यो । मैले मेरो करियरमा सधैं टोलीलाई प्राथमिकता दिएको छु र मलाई विश्वास छ कि यो निर्णय टोलीको लागि सही छ। अब म आफ्नो प्रदर्शनमा ध्यान केन्द्रित गर्न सक्छु र टोलीलाई राम्रो सेवा दिन सक्छु ।

केन विलियम्सनले कप्तानीबाट राजीनामा दिएपछि ३५ वर्षीय साउथीले उक्त पद सम्हालेका थिए । उनले १४ टेस्ट खेलमा न्यूजील्याण्डको नेतृत्व गरेका थिए । जसमा ६ खेलमा जित, ६ हार र २ खेल बराबरीमा गरेका छन् ।


हालै श्रीलंका भ्रमणमा गएको न्युजिल्याण्डको टोलीले टेस्ट सिरिज २-० ले हार बेहोरेको थियो ।

टिम साउथीले राजीनामा दिएपछि न्यूजिल्याण्ड क्रिकेटले नयाँ कप्तानको घोषणा गरेको छ । नयाँ कप्तानमा टम लाथम नियुक्त भएका छन् । ओपनिङ ब्याट्सम्यानले यसअघि पनि टिमको कप्तानी गरिसकेका छन् । उनले ९ खेलमा ब्ल्याक क्याप्सको कप्तानी गरेका छन् । अब उनले भारत भ्रमणमा टोलीको जिम्मेवारी सम्हाल्नेछन् ।

भारत र न्यूजिल्याण्डबीचको तीन खेलको टेष्ट शृंखला अक्टोबर १६ बाट सुरु हुँदैछ । पहिलो खेल बैंगलोरमा हुनेछ । यस सिरिजको दोस्रो र तेस्रो खेल क्रमशः २४ अक्टोबर (पुणे) र १ नोभेम्बर (मुम्बई) मा हुनेछ । विश्व टेस्ट च्याम्पियनसिपको फाइनलको दृष्टिकोणले दुवै टोलीका लागि यो शृङ्खला महत्त्वपूर्ण छ । भारत ७४.२४ अंकको साथ शीर्ष स्थानमा छ भने न्यूजील्याण्डको ३७.५० अंकसहित छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से