१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

राष्ट्रिय तेक्वान्दो आईटिएफ च्याम्पियनशिप आज

१८ मंसिर २०७३, शनिबार ०३:१५

कृष्ण कँडेल/मंसिर १८, बागलुङ । बागलुङको बुर्तिबाङमा आज चौथो राष्ट्रिय प्रोफेसनल तेक्वान्दो आईटिएफ च्याम्पियनशिप २०१६ हुँदैछ । 

नेपाल आइटिएफ ब्ल्याकबेल्ट कमिटिको आयोजना र बागलुङ आइटिएफ तेक्वान्दो संघलको सहआयोजनामा आठ ओटा राष्ट्रिय टिम सहभागी हुने प्रतियोगिताको परराष्ट्रमन्त्री डाक्टर प्रकाशसरण महतले उद्घाटन गर्ने कार्यक्रम छ । 

च्यम्पियनशिपमा ५ विकास क्षेत्र, आयोजक र दुइ बिभागिय टोली नेपाली सेना र नेपाल सशष्त्र प्रहरी भिडदै छन् । प्रतियोगिताका लागि आर्थिक ब्यबस्थापन, खेलमैदानको ब्यवस्थान, प्रचार प्रसार, रेफ्रि आम्पाएर ब्यवस्थान जस्ता तयारी पुरा भएको प्रतियोगिता संयोजक तथा नेपाल आईटिएफ राष्ट्रिय ब्ल्याकबेल्ट कमिटिका केन्द्रिय अध्यक्ष घमबहादुर थापाले जानकारी दिए । उनले खेलमा सहभागी सम्पुर्ण टिमका खेलाडी तथा रेफ्र र आम्पाएर पनि बुर्तिबाङ आईपुगेको बताए । 

यो खेललाइ बुर्तिवाङमै गरेर पर्यटन विकास, ग्रामीण क्षेत्रसम्म खेलको विकासका लागि पहल हुन सकोस भन्ने उद्धेश्य राखिएको आयोजकले जनाएको छ । प्रथम हुने खेलाडीलाइ ६ सय डलर, द्वितिय हुनेलाइ ३ सय डलर र तृतिय हुनेलाइ २ सय डलर पुरस्कार प्रदान गरिने छ । कार्यक्रमका लागि अन्तराष्ट्रिय तेक्वान्दो महासंघका पदाधिकारी पनि आउने आयोजकले जानकारी दिएको छ । 

प्रतियोगिता सम्पन्न गर्न ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रत्येक टिमबाट ३ जनाका दरले २४ जना देशभर ख्याती कमाएका खेलाडीले भाग लिने संयोजक थापाले जानकारी दिनुभयो । 

विशेषगरी यो खेलका लागि ब्ल्याक बेल्ट पाएर विगतमा राष्ट्रिय प्रतियोगिता खेलेको हुनुपर्ने छ । ५७ केजी देखि ६४ केजी बिचका खेलाडी बिच मात्र प्रतियोगिता गरिने प्रावधान छ । स्थानिय सरोकारवालाले बुर्तिबाङ जस्तो ठाउँमा यस्ता राष्ट्रिय स्तरका खेल कहिल्यै नभएको भन्दै विशेष पर्बको रुपमा प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

गाविस स्तरिय खेलकुद विकास समिति बुर्तिबाङका अध्यक्ष सोमबहादुर पौवि यामुले प्रतियोगिताका लागि सवै प्रकारका सहयोग हुने बताए । 

प्रतियोगिता बुर्तिबाज बजारमा रहेको बुर्तिबाङ बसपार्कमा हुने छ । यसैविच स्थानिय स्तरमा विरल्लै हुने चौथो राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप प्रतियोगिताको लाई सम्पन्न गर्न शुक्रवार आयोजकले बुर्तिबाङका राजनितिक दलसँग छलफल गरेको छ । 

स्थानिय युवा व्यवसायी दिपेन्द्र श्रेष्ठको संयोजनमा भएको कार्यक्रममा भोली हुने प्रतियोगिता सम्पन्न गर्न आफ्नो ठाउँबाट सवै प्रकारको सहयोग गर्ने दलका प्रतिनिधिले प्रतिवद्धता व्यक्त गरेका छन् । स्थानिय राजनितिक दल र सरोकारवालाले परराष्ट्रमन्त्री प्रकाशसरण महतलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेका छन् । बुर्तिबाङ केन्द्र रहने गरि प्रश्ताव गरिएको ढोरपाटन नगरपालिका बनाउनको लागि पहल गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाईने नेपाली काँग्रेशका महाधिवेशन प्रतिनिधि धिरप्रतापसिंहले जानकारी दिए । 

गत साउनमा आएको बाढी पहिरोबाट प्रभावित बनेका नागरिकलाई पुनस्र्थापना र क्षेत्री भएका भौतिक संरचानाको पुननिर्माणका लागि पनि ध्यानाकर्षण गराउने दलहरुको निर्णय छ । बाढि पहिरोपछि बुर्तिबाङ बजार उच्च जोखिमामा रहेको भन्दै बजार क्षेत्रको कबर्डहल देखि न्युमोर्डन एकेडेमिसम्म तटबन्धन गर्नका लागि पहल गरिदिन परराष्ट्रमन्त्रीलाई आग्रह गरिने भएको छ । कार्यक्रममा प्रतियोगिता संयोजक घमबहादुर थापाले भोली हुने चौथो राष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप प्रतियोगिताको बारेमा दलका प्रतिनिधिलाई जानकारी गराउँदै सहयोग गर्न अपिल गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु