प्रेम सुनार । मंसिर–२१, गुल्मी । ७ औ राष्टिय खेलकुद प्रतियोगिता २०७३ का लागि पोखरामा जारी पश्चिमाञ्चल स्तरिय छनौट  प्रतियोगिताको क्रिकेट खेलमा गुल्मीले लम्जुङ्गलाई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार । मंसिर–२१, गुल्मी । ७ औ राष्टिय खेलकुद प्रतियोगिता २०७३ का लागि पोखरामा जारी पश्चिमाञ्चल स्तरिय छनौट  प्रतियोगिताको क्रिकेट खेलमा गुल्मीले लम्जुङ्गलाई"/>
१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराको क्रिकेट खेलमा लम्जुङ्ग विरुद्ध गुल्मीको सानदार जित

२१ मंसिर २०७३, मंगलवार ०५:०८

प्रेम सुनार । मंसिर–२१, गुल्मी । ७ औ राष्टिय खेलकुद प्रतियोगिता २०७३ का लागि पोखरामा जारी पश्चिमाञ्चल स्तरिय छनौट  प्रतियोगिताको क्रिकेट खेलमा गुल्मीले लम्जुङ्गलाई हराएर शानदार जित हाँसिल गरेको छ ।  लम्जुङ्ग माथी गुल्मीको आठ विकेटको जितमा 20–20 ओभरको खेल भएको थियो । 

त्यसमा  गुल्मीका रमेश श्रीस्को कप्तानी रहेको टिमले लम्जुङ्गले दिएको ९६ रनको लक्ष्यलाई दुई विकेटको  क्षतिमा १२ ओभरमैं हाँसिल गरेर गुल्मीले लम्जुङ्गलाई हराएर शानदार जित हाँसिल गरेको थियो ।  उक्त खेलमा म्यान अफ द म्याच  गुल्मीका सुसन्देश पुनले निरन्तर ४६ रन प्रहार गरेका थिए । गुल्मेली टिमको रोमञ्चक क्रिकेट खेल प्रदर्शनले पोखराको खेल मैदानमा ताली र वाहवाहीले गुञ्जायमान बनेको थियो ।

अन्य  खेलमा पनि गुल्मीको उत्कृष्ट प्रदर्शन चलिरहेको जिल्ला खेलकुद विकास समिति गुल्मीका उपाध्यक्ष समेत रहेका रमेश श्रीस्ले जानकारी दिए । जिल्ला खेलकुद विकास समिति गुल्मीका कार्यालय प्रमुख दिपक केसी सहित  विभिन्न विधामा भिड्नका लागि पोखरामा गुल्मीबाट करिव २ सय ५० जनाको खेलाडी टोली पुगेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिए । 

यसै विच क्षेत्रिय व्याडमिन्ट प्रतियोगिताका लागि १६ वटा जिल्लाका खेलाडीहरुको जमघट गुल्मीमा हुने भएको छ । समितिका अध्यक्ष भण्डारीले दिएको जानकारी अनुसार यहि मंसिर २३ गते देखि २७ गते सम्म जिल्ला विकास समितिको गर्भडहलमा क्षेत्रिय व्याडमिन्टन प्रतियोगिता हुने र त्यहाँ १६ वटा जिल्लाका खेलाडीहरु भिड्ने भएका छन्  । 


 खेलहरु मध्ये वर्तमान पिढीलाई  निकै आकर्षक पारेको व्याडमिन्टल खेलमा १६ जिल्लाका खेलाडीहरु आई पुग्दा यहाँको पर्यटन विकास र व्यापारमा समेत थप टेवा मिल्ने आँकलन गरिएको छ ।

यस अवसरमा धार्मिक र  पर्यटकिय स्थल रेसुङ्गा लगायत सदरमुकाम तम्घासलाई सफा राख्न सवैले दायित्वबोध गर्नु पर्ने देखिएको छ । 

माथिको तस्वीरमा: पोखरामा सामुहिक तस्वीर खिचाउँदै कम्तान रमेश श्रीस् सहित गुल्मीको क्रिकेट खेलाडीको टिम  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल